रियल मड्रिडलाई झट्का

0
8

गए राति स्पेनिश ला लिगामा अग्रस्थानमा रहेको बार्सिलोना लेभान्टेसँग ३-० ले विजयी भएको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सी, लुइस स्वारेज र पौलिन्होले गोल गरे ।

 

खेलको १२ औं मिनेटमा मेस्सीले गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाए । त्यस्तै पहिलो हाफको ३८ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । पौलिन्होले खेलको इन्जुरी समयमा गोल गर्दै बार्सिलोनाको सहज जित सुनिश्चित गरे ।

अर्को तर्फ बार्सिलोनाको प्रतिद्वन्दि रियल म्याड्रिड सेल्टा भिगोसँग २-२ को स्कोरमा रोकिन पुग्यो । सेल्टा भिगोका ड्यानियल वासले टोलीलाई अग्रता दिलाएका थिए ।

तर पहिलो हाफमा ग्यारेथ बेलले ३६ र ३८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । घरेलु टोलीका माक्सी गोमेजले खेलको ८२ औं मिनेटमा गोल गर्दै टोलीलाई १ अंक दिलाउँदै रियललाई निराश पार्‍यो ।

यस नतिजासँगै बार्सिलोनाको १८ खेलमा ४८ अंक रहेको छ भने १७ खेल खेल्दै रियलको ३२ अंक रहेको छ । दोस्रोमा रहेको एट्लेटिको म्याड्रिडको ३९ अंक छ भने तेस्रोमा रहेको भ्यालेन्सियाको ३७ अंक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here