जापान जानेहरूकाे पिडाः तनावमा छन् विवाह गरेका अनम्यारिडहरु

0
14

विवाह गरेर छाेरी समेत पाइसकेका पाेखराका रामवहादुर ‍(नाम परिवर्तन) ले जापान अाउने बेलामा अनम्यारिड लेखाए । जापानकाे भिसा पाउन सजिलाे हुन्छ भनेर उनलाई नेपालस्थित कन्सल्टेन्सीले नै अनम्यारिड लेख्न सल्लाह दिएकाेले उनले साेही अनुसार गरेकाे बताए । अनम्यारिड लेखेकाे कारण उनले जापानकाे भिसा पाएका हुन या हाेइनन् त्याे उनलाई थाहा भएन । तर विवाह गरेर पनि अनम्यारिड लेखेर अाएकाे हुनाले अहिले उनकाे श्रीमतीकाे डिपेन्डेन्ट भिसा पाउन गाह्राे भएकाे हाे भन्ने कुरा उनले अडकाल काटे । दुइपटकसम्म एप्लाइ गरिसके तैपनि उनकाे श्रीमतीकाे लागि अनुमति पाएनन् । धेरैपटक कारण साेध्न गएका उनलाई एकदिन इमिग्रेसनमा भित्र नै बाेलाएर “उसाे वा जेत्ताई दामे” भनेर पठाइदिए । यतिबेला उनी अब के गर्ने भनेर साेचेरै दिन काटेका छन् ।

उनी मात्र हाेइनन् काठमाण्डाैका प्रकाश (नाम परिवर्तन) पनि विवाह गरेका अनम्यारिड हुन् । उनलाई पनि अनम्यारिड लेख्याे भने जापानकाे सजिलै भिसा पाईन्छ भनेर नै अनम्यारिड लेख्न लगाइएकाे थियाे । पढाई सकेर अहिले काम गर्न थालेका उनी अाएदेखि घर फर्केका छैनन् ।जापान अाउँदा अविवाहित लेखेर अाएका उनले अहिले श्रीमतीकाे डिपेन्डेन्ट भिसा एप्लाइ गर्न नै नमिलेपछि यताउति सल्लाहकाे लागि भाैंतारिइरहेका छन् । विचमा नेपाल पनि नफर्केकाेले अहिले श्रीमती छ भन्दा सीधै ढाँटेकाे भैहाल्ने कुरा उनी बताउँछन् । विवाह गरेर छाेरी समेत रहेकाे उनकाे कागजपत्र सच्याउने ठाउँ नै छैन । उनी अहिले निकै पश्चातापमा छन् । नेपालकाे कन्सल्टेन्सीहरुले के अाधारमा त्यसरी अविवाहित लेख्न लगाए उनीहरुजस्ता धेरैलाई अझै थाहा छैन ।

यी माथिकाे उदाहरण घटनामात्र हाे तर यस किसिमकाे समस्यामा परेकाहरु धेरै छन् । नेपालमा विवाह गरेर छाेराछाेरी भैसकेर पनि अविवाहित लेखेर जापान अाउनेहरु धेरै नै भएकाे अनुमान गरिन्छ । याे भनेकाे नेपालकाे कन्सल्टेन्सीकाे गलत सरसल्लाह हाे भन्दा फरक नै नपर्ला । अहिलेसम्म कतिपय यसरी अाउनुभयाे त्याे भै नै हाल्याे तर अहिले नेपालमा रहेर जापान अाउने तयारी गरिरहनु भएकाे छ भने जे हाे त्यही नै लेख्नुहाेस् । यस्ताे व्यक्तिलाई भिसा पाउन सजिलाे हुन्छ उस्ताे व्यक्तिलाई सजिलाे हुन्छ भन्ने नै हुँदैन । भिसा पाउन त त्याे व्यक्तिलाई सजिलाे हाेला जसले सही जे हाे त्यही नै लेख्छ र पछि भविष्यमा पनि दुःख पाउँदैन् । त्यसैले यी कुराहरुमा निकै सतर्क हुनुहाेस् कि अाफले हेरेर मात्र फर्म भर्नुस् अनि बुझाउनुस् ।  source: hamronihongo.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here