विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक, अष्ट्रेलिया र नेपाल कति औं स्थानमा?

0
93

मेलबर्न । यो वर्ष अर्थात २०१८ का लागि विश्वका शकिशाली पासपोर्टहरुको सूची सार्वजनिक भएको छ । हेन्ले एण्ड पार्टनर्स पासपोर्ट इन्डेक्सले सूची सार्वजनिक गरेको हो ।

उक्त सूची अनुसार, जर्मनीको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ । जर्मनीको पासपोर्ट होल्डर १ सय ७७ देशमा भिसा बिना पुग्न सक्छन् । त्यस्तै १ सय ७६ मा फ्री भिसा सुविधा सहित सिंगापुर दोस्रो स्थानमा आएको छ । आठ देश, फिनल्याण्ड, डेनमार्क, फ्रान्स, इटाली, जापान, नर्वे, स्विडेन, यु.के तेस्रो स्थानमा आएका छन् । यी देशका पासपोर्ट होल्डरहरु १ सय ७५ देशमा भिसा बिना पुग्न सक्छन् ।

६ देशहरु, नेदरल्याण्ड, स्पेन, अष्ट्रिया, बेल्जियम, लक्जेम्बर्ग, स्विजरल्याण्ड १ सय ७४ देशको लागि फ्री-भिसा सहित चौथो स्थानमा आएका छन् । अष्ट्रेलिया भने न्यु जिल्याण्ड र ग्रिससंगै सातौँ स्थानमा आएका छन् । यी देशका पासपोर्ट होल्डरहरुलाई १ सय ७१ देशमा पुग्नको लागि फ्री-भिसा सुविधा छ ।

छिमेकी देश भारत, ४९ देशको लागि फ्री भिसा सुविधा सहित ८६ औं नम्बरमा छ भने नेपाल ३६ देशको लागि फ्री भिसा सुविधा सहित ९८ औं स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here