अष्ट्रेलियामा डा. गोविन्द के.सीको समर्थनमा प्रदर्शन

0
14

मेलबर्न । अष्ट्रेलियामा डा. गोविन्द के.सीको समर्थनमा नेपालीहरुले प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतले अवहेलनाको मुद्दामा डाक्टर गोविन्द के.सीलाई थुनामा राखेका कारण अष्ट्रेलियाको सिड्नीमा नेपालीहरुले प्रदर्शन गरेका हुन् ।

डा. के.सीको गिरफ्तारी विरुद्ध मंगलबार साँझ सिड्नीमा नेपालीहरुले प्रदर्शन गरेका थिए । सहभागी नेपालीहरुले डा. के,सीको समर्थनमा नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए । प्रदर्शनको संयोजन तथा प्रतिनिधित्व नेपाली समाज अष्ट्रेलियाले गरेको हो ।

प्रदर्शनमा उत्रिएका नेपालीहरुले सरकारले गोविन्द के.सीका जायज माग पूरा गर्नुको साटो पक्राउ गरेकोमा आपत्ति व्यक्त गरेका थिए । उनीहरुले डा.केसीको चांडो भन्दा चांडो रिहाईको माग समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here