डाक्टरहरुको पिडा कसले बुझ्ने !

0
208

मेक्सिकोको एक हस्पिटलमा एकजना स्थानिय ब्लगरले डेस्कमा सुतिरहेको फोटो खिचे । उक्त फोटो रातिको ३ बजेको थियो । त्यसपछि उनले त्यस तस्बिरलाई काम नगरी सुत्दै गरेको डाक्टर भन्दै अनलाइनमा पोष्ट गरे । तर उनले बझेनन् डाक्टरप्रति त्यो फोटाले कस्तो प्रतिक्रिया पायो ।

फोटो पोष्ट भएलगत्तै एक मेक्सिकन डाक्टर अर्को तस्बिर पोष्ट गर्दै भने, ‘ म पनि सुत्छु ।’ एकैछिनमा विश्वभरका डाक्टरहरुले यस्तै प्रतिक्रिया दिदै फोटोहरु राख्न थाले ।

धेरै मानिसहरुलाई थाहा छैन डाक्टर र नर्सहरु ३६ घण्टासम्म लगातार ड्युटी गर्छन् । हरेक हप्ता ८० घण्टा काम गर्छन् त्यो पनि कुनै ओभर टाएमको पैसा नलिइ । धेरै डाक्टरहरुलाई थाहा छैन ८ घण्टे ड्युटी भनेको के हो ।

२४ घण्टासम्म लगातार ड्युटी गर्न कसले सक्छ तैपनि राम्रो काम उनीहरुले गरिरहेका हुन्छन् । थकानका कारण उनीहरु जहाँ पनि निदाउन कोशिस गर्छन् । थोरै समन भएपनि आराम लिन गर्ने कोसिसलाई केही व्यक्तिहरुले नकारात्मक भन्दै विभिन्न आलोचना गर्छन् । विश्वभरका एउटै समस्या भोगिरहेका डाक्टरहरुले यस्तै फोटोहरु पोष्ट गरिरहेका छन् । केही मिनेट भनेपनि आँखा चिम्लिन पाउनु ठुलो राहात मिलेको अनुभव उनीहरुलाई लाग्छ । केही डाक्टरहरुले त विरोध गर्दै भनेका छन्,‘हामीहरु मानिस हौ, मेसिन होइनौ ।’

निन्द्रा नपुग्दा काम गर्न समस्या हुनेगर्छ । यही कारण पनि बेलाबेलामा काममा त्रुटी हुने गर्छ । अनुपातमा हेर्ने हो भने एउटा अप्रेशन गर्न लगातार ४ घण्टा लाग्छ । पुर्ण एकाग्रताका साथ काम गर्नुपर्ने हुन्छ ।

हस्पिटलमा हुने कर्मचारीहरुको अभावका कारण पनि धेरै जसो हस्पिटलमा यस्ता समस्याहरु देखिने गरेको छ । नेपालमा पनि यस्तै समस्याबाट गुज्रिने डाक्टरहरुको संख्या धेरै नै रहेको छ । विभिन्न कामका बेला उनीहरुले काम नगरेको भन्दै निदाएको तस्बिरहरु पत्रिका तथा सामाजिक सञ्जालमा छापिने गरेको छ । यसले पनि उनीहरुले गरेको आफ्नो कामप्रति नकारात्मक असर परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here