संखुवासभामा जीप दुर्घटना, मकालु गाउँपालिकाका अध्यक्षसहित पाँच जनाको मृत्यु

0
36

संखुवासभामा जीप दुर्घटना हुँदा मकालु गाउँपालिका अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । संखुवासभाको मकालु ३ समाटार भन्ने स्थानमा जीप दुर्घटना भएको थियो ।

संखुसभाको सदरमुकाम खादबारीबाट भोटखोलाको बरुण मेला हेर्न जाने क्रममा जीप दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटवालको मृत्यु भएको संखुवासभा प्ररीले जनाएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा कटवाल एमालेका तर्फबाट गाबिस अध्यक्ष विजयी भएका थिए ।

बा ५ च १३०९ नम्बरको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको शंखुवासभाका प्रहरी इन्सिपेक्टर बेद प्रसाद गौतमले लोकान्तरलाई जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here