रनवेबाट चिप्लेर समुद्रमा खस्यो १६२ यात्रु बोकेको विमान

0
89

पेगासस एयरलाइन्सको एक जहाज टर्कीको तटीय क्षेत्रमा रहेको विमानस्थलको रनवेबाट ब्ल्याक सीको तटमा खसेको हो ।

यो घटना शनिबारको हो । यो जहाजमा १६२ यात्री थिए, दुई जना पाइलट र ४ जना क्रू मेम्बर थिए । उनीहरु सबैको सकुशल उद्धार गरिएको छ  । पेगासस एयरलाइन्सको ७३७–८०० एयरक्राफ्ट अंकाराबाट ट्रेब्जोन गइरहेको थियो । ल्यान्डिङ गर्ने बेलामा ट्रेब्जोन विमानस्थलको रनवेबाट चिप्लेर समुद्री किनारमा पुगेको थियो ।

एक जना यात्री फातमा गोर्दूले बताइन् कि घटना घटेको २० मिनेटसम्म सहयोगको याचना गर्दै जहाजभित्र बस्नु परेको थियो । पछि उनीहरुलाई जहाजको पछाडिको ढोकाबाट उद्धार गरिएको थियो ।

उनले भनिन्, ‘जब प्लेन ल्याण्ड गर्यो, यात्रुहरु जोड–जोडले चिच्याउन थाले । जहाज एकदमै हल्लिरहेको थियो । फेरि समुद्री तटतर्फ जहाज खस्न थाल्यो ।’ टर्कीका अधिकारीहरु घटनाको छानविन भैरहेको बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here