के भालभर्डेले लुइस इन्रिकेको रेकर्ड तोड्न सक्लान् ?

0
81

फुटबल क्लब बार्सिलोना यूरोपको पाँच चर्चित लिग (ला लिगा, प्रिमियर लिग, बुन्डेलिगा, सिरिया ए र लिग वान्)मा हार नव्यहारेको एउटै मात्र बनेको छ । प्रिमियर लिगमा लिभरपुलले म्यान्चेस्टर सिटीलाई हराउनु र एनोइटामा बार्सिलोनाले जित निकालेपछि बार्सिलोना हार नव्यहोर्ने एउटै मात्र क्लब बनेको हो ।

सिजनको पहिलो हाफ सकिँदा बार्सिलोनाले ला लिगामा दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग ९ अंकको दुरी कायम गरेको छ । बार्सिलोनाको ला लिगा इतिहासमा यो तेस्रो घटना हो ।

लिगमा म्यान्चेस्टर सिटीलाई लिभरपुलले ४–३ गोलले हराउनु, सिरिया ए लिग लिडर नापोलीले एक खेल हार्नु, फ्रान्सको पीएसजी, जर्मनको बार्यन म्यूनिखले दुई–दुई खेल हारिसकेका छन् ।

यस सजन शुरु भएयताका २९ खेलमा बार्सिलोनाले कुनै पनि खेल हारेको छैन । रियल सोसिडाडसँग जित निकालेसँगै प्रशिक्षक भालभर्डेले सन् २०१०/११ को सिजनमा पेप ग्वार्डिवलाको २८ खेलको अपराजित यात्रालाई पनि ब्रेक गरेको छ । लुईस इन्रिकेको बार्सिलोनाले सन् २०१५/१६ मा ३९ खेलसम्म अपराजित यात्रा कायम राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here