दीपक मनाङेलाई पाँच बर्ष जेल सजाय, सांसद पद धरापमा

0
109
Deepak Manange. Photo: THT

सर्वोच्च अदालतले मनाङबाट निर्वाचित प्रदेशस सभा सांसद दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई ज्यान मुद्दामा पाँचवर्ष जेल सजायको आदेश दिएको छ । तत्कालिन पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्दै मनाङेलाई जेल सजायको फैसला गरेको हो । ज्यान मुद्दाका अभियुक्तहरु गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामाले भने सफाइ पाएका छन् ।

सर्वोच्चका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनरावेदन अदालत पाटनको फैसला सदरगर्दै मनाङेलाई जेल सजायको फैसला गरेको हो ।

जिल्ला अदालत काठमाडौंले मनाङेलाई ज्यान मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय सुनाएको थियो । पछि उनीविरुद्ध पुनरावेदन अदालतले ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो ।
सर्वोच्चको आदेशपछि प्रदेश सभा सांसद निर्वाचित मनाङेको पद धरापमा परेको छ । मनाङे मंसिर १० गते सम्पन्न प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र रुपमा विजयी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here