झुक्यो भारत, यस्तो छ स्वराज भ्रमणबारे भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्ति

0
126

नेपालको संविधान अपूर्ण रहेको भन्दै नेपालमा नाकाबन्दीसमेत लगाएको भारत अन्ततः नयाँ संविधानलाई संस्थागत गर्न भएका विभिन्न चरणका निर्वाचनप्रति बधाई दिदैँ नयाँ सरकारसंग सहकार्य गर्न तयार बनेकाे छ ।

नेपालमा वाम गठबन्धनको सरकारबारे गृहकार्य भईरहेका बेला भएकाे भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणबारे जानकारी दिंदै भारतीय विदेश मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तिमा नयाँ सरकारसंग सहकार्य गर्न तयार रहेकाे बताइएकाे हाे ।

विज्ञप्तिमा भनिएकाे छ,  ‘नेपालको प्रजातान्त्रिक अभ्यासमा कोसे ढुंगाको रुपमा रहेको तीन चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा भारत सरकार नेपाल र नेपाली जनतालाई बधाई ज्ञापन गर्दछ ।’

भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा नयाँ बन्ने सरकारसंग भारत सरकार नयाँ उचाईमा द्धिपक्षीय हितका लागि काम गर्न इच्छुक रहेको पनि बताइएको छ ।

साथै नेपालमा बन्ने नयाँ सरकारलाई सबै किसिमको सहयोग गर्न र यस क्षेत्रको आर्थिक विकासका लागि हातोमालो गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here