नायक सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ प्रेम सम्बन्धमा !

0
108
नायक सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ प्रेम सम्बन्धमा रहेको खबर अब नौलो रहेन । यी दुईले नै आफूहरु एकअर्काको प्रेममा रहेको स्वीकार गरिसकेका छन् । गएको दुई हप्ता अगाडि सृष्टि प्रेमी सौगात अभिनीत फिल्म ‘लालपुर्जा’ हेर्न हलमा पुगेकी थिइन् ।
सौगात ‘फ्रि’ हुँदा बढी जसो समय प्रेमिका सृष्टिसँग नै विताउने गर्छन् । यतिमात्र होइन सृष्टिको गाडीमा अहिले सबैभन्दा धेरै सौगात देखिन्छन् । फिल्ममा काम गर्दैगर्दा प्रायः सेलिव्रेटीहरु प्रेममा पर्ने गर्छन् । तर, सौगात र सृष्टिले भने अहिलेसम्म कुनै पनि फिल्ममा सँगै काम गरेका छैनन् ।
‘लालपुर्जा’ मा सृष्टिको अभिनय भएता पनि सौगातसँग भेट नहुँदै फिल्म अन्त्य भयो । यो फिल्म सफल भएको हुन्थ्यो भने दोस्रो भागमा यो जोडीलाई देख्न पाउने सम्भावना प्रवल थियो तर त्यो पनि गर्भमै तुहियो । के दर्शकले अब यो जोडीलाई पर्दामा देख्न पाउने सम्भावना छ ?
केही दिन अगाडि राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नायक मल्लले आफूहरु राम्रो स्क्रिप्ट भए मात्र सँगै काम गर्ने खुलाए । उनले भने, ‘हामी दुईलाई राखेर फिल्म बनाउने भन्दै धेरै निर्माता-निर्देशक आउनु भएको छ । तर, हाम्रो कोशिश लटरपटर स्क्रिप्टमा काम नगर्ने भन्ने हो । हामी दुई जना भएपछि बेष्ट स्क्रिप्ट हुनु पर्छ ।’ यो भनाईले पनि सौगात, सृष्टिसँग फिल्ममा काम गर्न आतुर रहेको आशय प्रष्ट हुन्छ ।
अर्को वर्षको चैतसम्मका लागि प्याक भइसकेका सौगात पछिल्लो समय बक्स अफिसमा विक्न छाडेका अभिनेतामा गनिन्छन् । उनका पछिल्ला फिल्मको प्रचार सामाग्री हेर्ने हो भने दर्शकहरु दोधारमा पर्ने अवस्था सिर्जना भएको छ । हप्ता ननाघ्दै उनी अभिनीत नयाँ फिल्मका पोष्टर भित्तामा टाँसिन्छन् ।
लगातार फिल्म फ्लप हुँदा सौगातको स्टारडममाथि यतिबेला प्रश्न चिन्ह खडा भएको छ । सौगातले अब आफ्नो करिअर बचाउनका लागि पनि सृष्टिसँग फिल्ममा जोडी बाँध्न आवश्यक देखिन्छ ।
आशा गरौँ- सौगात र सृष्टिले खोजे जस्तै स्क्रिप्ट चाँडै तयार हुनेछ । र, दर्शकले रियल प्रेम जोडीलाई रिलमा हेर्न पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here