उत्तर कोरियामा छ विश्वकै सबैभन्दा ठुलो होटेल

0
45

एजेन्सी–उत्तर कोरियाले गुपचुप रुपमा १०५ तले होटलको अनावरण केही महिना अगाडि गरेको थियो । यो विश्वकै अग्लो होटल भएको समेत दाबी गरिएको छ । यो होटल पुर्ण रुपमा निर्माण गर्न ३० वर्ष लाग्यो । सन् १९८७ मा यो होटलको निर्माण सुरु भएको थियो । त्यस समय वर्तमान तानाशाह किम जोङ उनको हजुरबुवा किम इल सुङ उत्तर कोरियाका शासक थिए । दुई वर्षमा यो परियोजना पुरा हुने भनिएको थियो तर त्यसमा विलम्ब भएको थियो । देशमा भएको आर्थिक मन्दी, त्यसपछि संयुक्त राष्ट्र संघले लगाएको प्रतिबन्धबाट गुज्रिरहेको अवस्थाले यो परियोजना पुरा हुन समय लाग्यो । करिब १० वर्ष अघि यो प्रोजेक्ट पुरा गर्न मिस्त्रको ओरेस्कान कम्पनीले रुची देखाएको थियो तर सन् २०१२ मा किम जोङ उनले सत्ता सम्हाले पनि कामले तिब्रता पायो । किम जोङ उनको आदेशका कारण यो बिल्डिङसहित उत्तर कोरियाले दर्जनौ भवनहरु बनायो । यसमा प्योङयाङमा रहेको ७० तलाको आवासीय भवन पनि सम्मलित रहेको छ ।
कडा प्रतिबन्ध लागेको छ
उत्तर कोरियामा महँगा हतियार विकास कार्यक्रम र संयुक्त राष्ट्रको कडा आर्थिक प्रतिबन्धकाबीच यो योजना सम्पन्न भएको हो । पिरामिडको शलीमा निर्माण भएको यस भवनमा आर्थिक प्रतिबन्धका कारण होटल चलाइने वा कार्यालय खोलिने मिडिया रिपोर्टमा उल्लेख छ । यो एउटा गम्भिर प्रश्न समेत भएको छ । उत्तर कोरियामा यसबारे छलफल नै भएको छैन ।
किम जोङ उनले मनाए खुसीयाली
बलिस्टिक मिसाइलको दोस्रो सफल परिक्षण पनि उत्तर कोरियाका तानाशाह किम जोङ उन र उनकी पत्नीले मंगलबार एउटा भव्य समारोह आयोजना गरेका थिए । उक्त समारोहमा सत्तारुढ वर्कर्स पार्टी, वैज्ञानिक, सेनाका उच्च अधिकारी र प्रशासनका अधिकारीहरु सहभागि रहेका थिए । यस मौकामा किमले वैज्ञानिकहरुलाई विशेष बधाइ दिएका छन् । उनले उत्तर कोरियाको शक्तिमा एउटा नयाँ इतिहास रचिएको बताएका छन् । किमले जनतालाई पनि खुसीयाली मनाउन समेत आदेश दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here