एक यस्ता युवा जसले सानो उमेरमा नै ३६० करोड रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए

0
117

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पपत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।
२१ वर्षको उमेरमा धेरै मानिसहरु कलेजमा हुन्छन् वा कुनै जागिरको खोजीमा हुन्छन् ।
तर, रितेश अग्रवालले यो साबित गरिदिएकी कुनै काम गर्न उमेरले छेक्दैन । उनी दैनिक १६ घण्टा काम गर्थे । उडिसाका रितेश अग्रवालले यति धेरै प्रगति यति छिटो गरेकी सबै आश्चर्यमा परे । उनले सानो उमेरमा नै ओयो रम्सको स्थापना गरे । यस व्यसायमा लागिरहेका प्रभावशाली मानिसहरुलाई समेत उनले आश्चर्यमा पारिदिए ।
उनको इच्छा आइआइटीमा भर्ना हुनु नै थियो । यसका लागि उनी कोटा आएका थिए । फुर्सदको समयमा उनी धेरै घुम्ने गर्थे । उनको ट्राभलमा रुची बढ्दै गयो र अगाडि यो नै धेरै फाइदा साबित भयो ।
उनले एउटा किताब पनि लेखेका थिए, ‘इण्डियन इन्जिनियरिङ कलेज’ । यो किताबलाई धेरैले रुचाए ।
१६ वर्षको उमेरमा उनी एक रिसर्च संस्थामा आवद्ध भए । यहाँ पनि उनी बिदामा धेरै नै ट्राभल गर्थे भने सस्तो होटलमा बस्थे। उनलाई सानो उमेरदेखि नै बिजनेशमा रुची थियो । तर, उनलाई के गर्ने आइडिया भने आइरहेको थिएन । उनले सस्ता होटलहरुकाबारे अध्ययन गर्न थाले । घुम्दा समेत उनी कुन होटल कति सस्ता छन् अध्ययन गर्न थाले । उनले सोचे अब यहाँ बाट केही कुराको सुरुवात गर्न सकिन्छ ।
सन् २०१२ मा उनले ओरवेल स्टाअपको सुरुवात गरे । यसको उदेश्य थियो कम समयका लागि कम रकममा बस्ने ठाउँको सुविधा मिलाउनु । यसबाट जोकोहीले अनलाइन नै बुक गर्न सक्नेछन् । छोटो समयमा नै उनलाई ठुलो सफलता मिल्न पुग्यो । भेन्चर कम्पनीबाट पनि उनलाई ३० लाखको फण्ड मिल्यो । उनले यसैलाई आधार मानेर अध्ययन गर्न थाले । तर अपेक्षा गरे अनुसार फाइदा कमाउन भने सकेनन् । उनले यसको कारणहरु खोज्न थाले । ओरओए स्टेज घाटामा चल्न थाल्यो । अन्तमा उनले कम्पनी नै बन्द गर्नु पर्यो ।
तर, उनी त्यतिमा मात्र सिमित भएनन् । उनले किन आफ्नो कम्पनी चल्न सकेन अध्ययन गर्न थाले । उनले खोज्दै जादाँ होटल सस्तो वा महँगो पाउनुभन्दा पनि उनीहरुले दिने सुविधामा यसले पार्ने असरबारे पत्ता लगाए । उनको खोजले महँगो रकम तिर्दा पनि सेवाग्रहीले गनाउने कोठा पाएको तथा कतिले सस्तो रकममा पनि राम्रो होटल पाएको निष्कर्ष निकाले ।
यी सबै कुराले उनलाई नयाँ बाटो देखाउने काम गर्यो ।
यो सबै थाहा पाएपछि सन् २०१३ मा उनले ओयो रुम्स कम्पनी खोले । यसको अर्थ थियो तपाईको आफ्नो कोठा ।
यो पटक उनको मेहनतले सफलता पायो ।
सस्तो मुल्यमा धेरै सुविधा भएका होटल र ट्राभल सुविधा भएका संस्थासँग उनको सम्बन्ध बढ्दै गयो ।
दुई जना कर्मचारीबाट सुरु भएको कम्पनीमा आज १५०० जना कर्मचारीहरु रहेका छन् । उनको यस सफलता अगाडि बढिरहँदा दुई कम्पनीले सन् २०१४ मा ४ करोड लगानीको प्रस्ताव गरे । यतिमात्र नभइ सन् २०१६ जापानको कम्पनी सफ्ट बैकले ७ अर्व रुपैयाँको लगानी यस कम्पनीमा गर्यो । यो नयाँ कम्पनी प्रति गरिएको ठुलो विश्वास थियो । प्रत्येक महिना १ करोडभन्दा पनि बढी बुकिङ हुन थाल्यो । २ वर्षमा मात्रै १० लाखभन्दा बढी रुपमहरुसँग ओयो रुमले आफ्नो सम्बन्ध बनायो ।
यी सबै कोठाहरु सस्तो मुल्यमा धेरै सुविधा पाइन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here