टोटनहम हिरो ‘ह्यारी केन’

0
90

एजेन्सी । पछिल्लो केही वर्षयता प्रिमियर लिग क्लब युरोपको प्रतिष्ठित क्लबमा गनिन थालेको छ । यस स्थानमा पुर्याउन प्रशिक्षक मोरिसिनो पोचितिनोको महत्वपुर्ण भुमिका रहेको छ । साउथह्यामटनको प्रशिक्षक रहेका उनलाई सन् २०१४ मा टोटनहमले अनुबन्ध गरेको थियो थियो । उनी आएपछि क्लबले सन्तुलित खेल प्रदर्शन गरिरहेको छ ।
यसैबीच टोटनहमका एकजना खेलाडीको चर्चा विश्वभर हुन थाल्यो । उनी हुन् ह्यारी केन । क्लबले सुधारिएको खेल प्रदर्शन गर्नुमा यी ‘गोल मेसिन’ खेलाडीको पनि उत्तिकै ठुलो भुमिका रहेको छ ।
उनले पहिलो लिग गोल सन् २०११ को जनवरीमा सिल्डफिल्ड युनाइटेडविरुद्ध गरेका थिए । उनले त्यस खेलमा गरेको प्रदर्शनले पनि उनी प्रिमियर लिगको लामो समयसम्म टिकिरहने घोडाको रुपमा परिचीत हुने वाला थिए ।
उनले एक मिडियासँगको अन्तर्वार्तामा भनेका थिए,‘मेरो पहिलो गोल फ्रिकिकमार्फत भएको थियो । बल बाउन्स ब्याक भएको थियो । मैले उक्त अवसरलाई गोलमा परिणत गरिदिए । म त्यो क्षण बिर्सिन सक्दिन ।’
उनी हाल इंग्ल्याण्डका प्रमुख खेलाडी हुन् । वायन रुनीको उमेर भइसकेको तथा जेम्मी भर्डी ओझेलमा परिसकेको अवस्था छ । टोटनहमका नम्बर १० खेलाडी उनी भविष्यमा इंग्ल्याण्डका नम्बर ९ खेलाडीको रुपमा देखिने निश्चित छ ।
पछिल्ला तीन सिजनमा उनी टोटनहमका सर्वाधिक गोलकर्ता रहेका छन् । उनी भन्छन्,‘जब मेरो शरिरमा बल पर्छ तब मेरो दिमाग सुन्य हुन्छ । तपाई आश्चर्यमा पर्नुहोला मेरो दिमागमा के चलिरहेको छ भनेर । तर, मेरो दिमाग सुन्य हुन्छ । किन यस्तो हुन्छ मलाई थाहा छैन…’
सर्वाधिक गोल गर्ने खेलाडीहरुसँग प्राय जबाफ नै हुँदैन । उनीहरुको गोल संख्या नै जबाफ मान्नुपर्छ ।
उनी भन्छन्,‘म जर्मन डेफोइको खेलहरु हेर्ने गर्थे । उनले गरेका स्टाइलहरु नक्कल गर्ने प्रयास पनि गर्थे । उनी एक टचमा बल लिन्थे र सुट गरिहाल्थे । उनी छिटो खेल्नमा माहिर थिए ।’
उनी थप्दै भन्छन्,‘जब तपाईले गोल गर्ने अवसर गुमाउनु हुन्छ तब तपाई त्यो क्षणले सकसक लाग्छ ।’

ह्यारी केन कडा मिहिनेतमा विश्वास मान्ने व्यक्ति हुन् । उनी आफु यस उचाइमा पुग्नुमा प्रशिक्षक मउरिसनो पोचितिनोको ठुलो हात रहेको बताउँछन् ।
उनका एकजना मित्र भन्छन्,‘ह्यारी केनलाई धेरै सिकाउन पर्दैन । उ एकदमै शान्त खेलाडी हो । खेल खेल्दा पनि उसको फिनिसिङले यस कुराको प्रमाणित गर्छ ।’
अलान डनले भन्छन्,‘मैले भनेको थिए,‘ह्यारी तिमी त्यो बल नजिक जाउ म तिमीलाई लडाइ दिन्छु… उसले मलाई हेर्दा पनि हेरेन । उसले कुनै पनि प्रतिक्रिया दिएन ।’
उनी फुटबललाई लिएर एकदमै महत्वकाक्षी रहेका छन् । उनी सबै कप तथा उपाधिहरु जित्न चाहन्छन् । तर, उनले यी सपनाहरु दबाएर राखेका छन् । तै पनि उनी शान्त देखिन्छन् । तर, जब मैदानमा उनी उत्रिन्छन् तब उनको खेलले नै सबै कुरा देखाउँछ ।
पछिल्लो सिजन प्रिमियर लिगमा टोटनह्यामले सानदार खेल प्रदर्शन गरिरहेको छ । सन् २०१५ र २०१६ को सिजनमा प्रिमियर लिग उपाधिका लागि टोटनहमले लेइसेस्टर सिटी र चेल्सीलाई कडा चुनौती दिएको थियो । यस सिजन च्यम्पियन्स लिगमा रियल मड्रिडलाई पराजित गरेपछि टोटनहम युरोपियन उपाधिका लागि दाबेदार मान्न थालिएको छ । ह्यारी केनमात्र नभइ यस क्लबका अन्य खेलाडीहरुको चर्चा पनि उत्तिकै रहेको छ ।
उनीबारे केही रोचक तथ्यहरु यस्ता रहेका छन् ।
ह्यारी केनका भाइ प्याट केन ह्यारी केन जस्तै देखिन्छन् । ह्यारी केनका फ्यानहरु प्राय झुक्किने गर्छन् ।
उनलाई प्राय पार्टीहरुमा वा कार्यक्रमहरुमा फ्रि ट्रिट दिने काम हुन्छ । यसको कारण ह्यारी केन नै हुन् ।
ह्यारी केन प्रिमियर लिगका यस्ता पाँच खेलाडी भित्र पर्छन् जसले प्लेयर अफ दि मन्थ लगातार जितेका छन् ।
रब्बी फोलर (१९९५–९६), डेनिस बर्गकाम (१९९७), क्रिस्टियानो रोनाल्डो (२००६), जेम्मी भर्डी (२०१५) र ह्यारी केन रहेका छन् ।
उनले आर्सनलबाट फुटबल करिअर सुरु गरेका हुन् । धेरै लाग्न सक्छ उनी टोटनहम क्लबका फ्यान हुन् तर, उनी कुनै समय आर्सनको फ्यान रहेका थिए ।
सन् २००१ मा उनले आर्सनलको युथ एकेडमीमा भर्ना भएका थिए । त्यसपछि उनी वार्टफोर्ड एकेडमीमा आवद्ध भएका थिए ।
उनले इंग्ल्याण्डका लागि विभिन्न तहमा रहेर फुटबल खेलेका छन् । अण्डर–१७, अण्डर–१९, अण्डर–२०, अण्डर–२१ र हाल सिनिएर लेभलमा फुटबल खेलिरहेका छन् ।
ग्यारी लिंकर पछि प्रिमियर लिगमा टोटनहमका लागि २५ गोल गर्ने पहिलो खेलाडी हुन् ।
ग्यारेथ बेलले भने २० गोल गरेका थिए । उनी आफ्नो बाल्यकाल साथी केटी गुडल्याण्डसँग सम्बन्धमा रहेका छन् । सन् २०१५ को फ्रेबअरीमा उनले केटीसँगको सम्बन्धबारे बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here