धुर्मुस–सुन्तली फाउण्डेसनद्धारा निर्मित ४७ घर आज हस्तान्तरण गरिँदै

0
92

धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा रौतहटमा निर्मित सन्तपुर एकिकृत नमूना बस्ती आज हस्तान्तरण गरिने भएको छ ।

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर हस्तान्तरण गर्न लागिएको हो ।

गत असोज ४ गते शिलान्यास गरिएको नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत निर्माण भएका छन् । करिब पाँच करोड ९६ लाखको लागतमा बस्ती निर्माण भएको बताइएको छ ।

एकीकृत नमूना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको फाउण्डेशनका अध्यक्ष तथा कलाकार सीताराम कट्टेल धुर्मसले बताए । धुर्मुस–सुन्तली फाउण्डेशनको यो चौथो परियोजना हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here