यी हुन् राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएका २४ सांसद

0
91

राष्ट्रियसभा सदस्यका लागि भोलि (माघ २४) गते निर्वाचन हुँदैछ । ५६ जना सांसदका लागि हुने यो निर्वाचनमा २ नम्बर प्रदेशका आठैजना (सबै) सहित २४ जना सांसद भने निर्विरोध निर्वाचित भैसकेका छन् ।
यद्यपी उनीहरु निर्वाचित भएको औपचारिक घोषणा भने आयोगले निर्वाचनपछि मात्रै गर्ने जनाएको छ ।
निर्विरोध निर्वाचित हुनेमा एमालेका नौ, काँग्रेसका आठ, माओवादी केन्द्रका तीन तथा सघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका २/२कक उम्मेदवार छन् ।

एमालेबाट निर्विरोध निर्वाचित सांसदहरु
१.परशुराम मेघी गुरुङ
२.हरिचरण शिवाकोटी
३.नैनकला ओझा
४.सुमनराज प्याकुरेल
५.कोमल ओली
६.मीना बुढा
७.शेरबहादुर कुँवर
८.इन्दु कडरिया
९.कमलाकुमारी ओली
काँग्रेसबाट निर्विरोध हुनेहरु
१.रमेशजंग रायमाझी
२.सरिता प्रसाईं
३ जीतेन्द्रनारायण देव
४.मुक्ताकुमारी यादव
५.प्रकाश पन्थी
६.अनिता देवकोटा
७. बद्री पाण्डे
८.तारादेवी भट्ट
माओवादी केन्द्रबाट निर्विरोध भएकाहरु
१.वीना पोखरेल,
२.शशीकला दाहाल
३. हरिराम चौधरी
संघीयसमाजबादी फोरमबाट
१. रामपुत पासवान
२. प्रमिला कुमारी
राजपाबाट निर्विरोध हुने सांसद
१.रमेशप्रसाद यादव
२.वृषेशचन्द्र लाल
राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका ८२ मध्ये २४ जना निर्विरोध भएपछि बाँकी ३२ सदस्यका लागि ५६ जनाबीच बुधबार चुनाव हुदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here