केपी ओली मुलुकको ४१ औं प्रधानमन्त्रीमा नियुक्त

0
94

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको ४१औं प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । वाम गठबन्धनबाट बहुमतसहित ओलीको नेतृत्वमा गठबन्धन सरकारको लागि आजै एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए ।

बुधबार राति निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुला भएको थियो । आयोगले परिणाम बुझाउन ढिलाई भएको भन्दै एमालेले आयोगको आलोचना गर्दै आएको थियो ।

नवनियुक्त प्रधानमन्त्री ओलीले शीतल निवासमा आयोजना हुने शपथ ग्रहण समारोहमा दिउँसो ४ बजे सपथ कार्यक्रम छ ।

संविधानअनुसार प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । बहुमतको लागि १३८ मत चाहिन्छ तर, वाम गठबन्धनसँग २७५ सदस्यीय प्रतिनिधिसभामा १६४ सांसद छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here