जब राष्ट्रपति कार्यालयले ओलीलाई एक वर्ष अगाडि नै प्रधानमन्त्री बनायाे

0
65

काठमाडौँ  । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । देशको ४१ औं प्रधानमन्त्रीको रुपमा ओली नियुक्त भएका हुन् ।

नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट ओलीलाई बहुमतका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ– ‘सुरुको डेडलाइनमा आज मिति २०७३ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजित प्रतिनिधि सभाका सदस्य श्री केपी शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’

तर, आज मिति २०७४ साल फागुन ३ गते हो । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिको सबैभन्दा तल फेरी २०७४ फागुन ३ गते नै लेखिएको छ ।

विज्ञप्तिको अन्तिममा राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालको हस्ताक्षर रहेको छ । राष्ट्रपति कार्यलयले नै यस्तो गम्भिर त्रुटी गर्नु कतिको शोभनिय हुन्छ ?

27857808_2000618083496526_4332775901608456809_n

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here