भोलि सूर्य ग्रहण लाग्दै, यी राशिलाई गर्नेछ यस्तो हानी

0
124

काठमाडौँ । चन्द्र ग्रहण लागेको १५ दिन नबित्दै फेरि दोस्रो ग्रहण अर्थात सूर्य ग्रहण लाग्दैछ । यहि फागुन ४ गते (१६ फेब्रुअरी) यस वर्षको पहिलो सूर्यग्रहण लाग्दैछ ।

 

यो भन्दा पहिले गत महिना जनवरी ३१ मा पहिलो चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण दक्षिण जर्जिया, प्रशान्त महासागर, चिली, ब्राजिल र अन्टार्टिका आदि देशहरुबाट देखिनेछ ।

 

यस सूर्य ग्रहणको कारण १६ फेब्रुअरीपछि केही राशिहरुमा यसको नकारात्मक असर पर्नेछ भने केही राशिहरुको भाग्य चम्किने छ ।

 

मेष राशि : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सूर्य ग्रहणको कारण मेष राशिका व्यक्तिहरुका कार्यक्षेत्रमा मान सम्मान बढ्नेछ । आयु वृद्दि हुनेछ , व्यवसायमा उत्तम लाभ हुने योग छ ।

 

बृष राशि : (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्य क्षेत्रमा व्यस्तता बढ्नेछ । जसको कारण नोकरीमा सम्मान मिल्नेछ । व्यवसायमा विस्तार हुनेछ । आफ्नो बोलीमा नियन्त्रण राख्नुहोला । १६ फेब्रुअरीपछि वृष राशिका व्यक्तिहरुलाई धन कमाउने धेरै अवसरहरु मिल्नेछ ।

 

मिथुन राशि : (का, कि, कु, घ, ङ, छ, के, को, ह) पारिवारिक विवादबाट टाढै रहनुहोला । विरोधीहरु शान्त रहनेछन । व्यावसायिक लाभ सामान्य हुनेछ । स्वास्थ्य अवस्था राम्रो रहनेछ । तथापि केही समस्याहरु आगामी दिनहरुमा आउन सक्छ ।

 

कर्कट राशि  : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कर्कट राशि भएकाहरुलाई १६ फेब्रुअरीपछि शुभ समाचार मिल्नेछ । भविस्यमा उन्नतिको अवसरहरु पाउनुहुनेछ । व्यवसायमा धन लाभ वृद्धि हुनेछ। साथीभाईहरुसँग भेटघाटको अवसर मिल्न सक्छ, जसको कारण नयाँ परियोजनाहरु अगाडी बढाउँने सम्भावना हुनेछ ।

 

सिंह राशि : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सम्पतिसम्बन्धी रोकेका कामहरु पूरा हुनेछ । व्ययमा नियन्त्रण राख्नुहोला । स्वास्थ्य स्थिति सामान्य नै रहनेछ । कानूनी विवादमा संलग्न हुन् सक्छ । १६ फेब्रुअरी पछि कुनै प्रकारका दूर्घटना हुन् सक्छ, त्यसैले सावधान रहनुहोला ।

 

कन्या राशि : (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कन्या राशि हुनेहरुका लागि यो ग्रहणको समय अनूकुल रहनेछ । कार्य क्षेत्रमा विस्तार हुने सम्भावना छ । कहीं रोकेका पैसा प्राप्त हुनेछ । घरको पारिवारिक वातावरण सुखमय रहनेछ । विदेशको यात्रा गर्न सक्ने योग छ।

 

तुला राशि : (र, रि, रु, रे, रो, ता, ति, तु, ते) ग्रहण पछि तुला राशि व्यक्तिहरुको मन विचलित हुन् सक्छ। मानसिक तनाव बढ्न सक्छ। पैसाको मामलामा हानि नोक्सानी हुन् सक्छ। सावधान रहनुहोला।

 

बृश्चिक राशि : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मन अशान्त रहनेछ। कानूनी झन्झटबाट मुक्ति मिल्नेछ। व्यापार व्यवसायमा सुधार हुनेछ। धर्ममा श्रद्धा बढ्नेछ।

 

धनु राशि : (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) तपाईको दिन प्रतिकूल रहनेछ। अपरिचित व्यक्तिहरुबाट सतर्क रहनुहोला। व्यवसायिक निर्णयहरु ध्यानपूर्वक सोचेर लिनुहोला। घरमा शान्ति हुनेछ।

 

मकर राशि :(भो, ज, जि, खि, खु, खे, खो, गा, गि) कार्य क्षेत्रमा नयाँ पदभार मिल्न सक्छ। भू(सम्पतिबाट लाभका अवसरहरु उपलब्ध हुनेछ। व्यावसायिक लाभमा वृद्धि हुनेछ।

 

कुम्भ राशि : (गु, गे, गो, सा, सि, सु, से, सो, द) भोग विलासका साधनहरुमा खर्च बढी हुनेछ। नोकरीमा मन जानेछ। व्यवसायमा धन लाभ हुनेछ। धैर्य गर्नुहोला।

 

मीन राशि : (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) उत्साहमा वृद्धि हुनेछ। काममा उन्नति गर्ने अवसर मिल्नेछ। व्यवसायमा लाभ हुनेछ। सन्तानको भविष्यप्रति चिन्ता बढ्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here