रियलको मैदानमा पछारियो पिएसजी

0
48

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको प्रि–क्वार्टरफाइनलको पहिलो खेलमा रियाल मड्रिड विजयी भएको छ ।

घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियालले फ्रेन्च क्लब पेरीस सेन्ट जर्मेनलाई ३–१ गोल अन्तरले हरायो । रियालका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

त्यस्तै रियालले पिएसजीको एक गोलको अग्रता उल्ट्याएको हो । खेलको ३३ औं मिनेटमा एड्रिड राबियोटको गोल मार्फत पिएसजीले अग्रता बनाएको थियो । तर पहिलो हाफको अन्तिममा रियालले पेनाल्टीको अवसर पायो ।

जसलाई रोनाल्डोले गोलमा परिणत गर्नै खेल एक एक गोलको बराबरीमा पुरयाए । त्यसपछि ८३ औं मिनेटमा पुन रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई दुई एकको अवस्थामा पुर्याए । ८६ औं मिनेटमा मर्सेलोले रियालका लागि तेस्रो गोल गरे ।

जितपछि रियालले पहिलो लेगमा दुई गोलको अग्रता बनाएको छ । अब दोस्रो खेल पिएसजीको घरेलु मैदानमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here