किन नजाने भयाे माअाेवादीले अाेली सरकारमा ?

0
65

काठमाण्डौ । वाम गठवन्धनबाट प्रधानमन्त्री बनेकाे अाेली सरकारमा माअाेवादी केन्द्रले भने तत्काल मन्त्री भने नपठाउने भएकाे छ । वाम गठबन्धनका तर्फबाट बिहीबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका हुन् ।

एमालेसँग पार्टी एकीकरणको प्रक्रिया पूरा नभएसम्म सरकारमा सहभागी नहुने माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले जानकारी दिए । यस्तै अखिल क्रान्तिकारी उपाध्यक्ष दीपेश पुनले समेत तत्काल सरकार नजाने बताएका छन् ।

प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सासद छन्, जबकी बहुमतका लागि १३८ सांसद भए पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here