ओली सरकारको पहिलो बैठकः यस्ता छन् ६ निर्णय

0
87

काठमाडौं । एमाले अध्यक्ष केपी ओली बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएसँगै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्दै ६ वटा निर्णय गरेका छन् ।

 

बिहीबार साँझ डाकेको पहिलो मन्त्रीपरिषद बैठकमा ओलीले निर्वाचन सम्पन्न गराउन योगदान दिने सम्पूर्ण नागरिक र मतदातालाई आभार समेत व्यक्त गरेको छन् ।

 

यस्ता छन् ६ निर्णय :-

 

१. २ वर्षभित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधकि शिक्षालाई स्थापाना गर्ने । 
२. संघीय संसदको भवन पनि दुई वर्षभित्रै निर्माण गर्ने । 
३. लोकतान्त्रिक मुल्यमान्यता बमोजिम जनताको इच्छा, आकंक्षा र आवश्यकता पूरा हुने गरी आफूले राज्य शासन सञ्चालन गर्ने । 
४. समृद्वि नेपाल र सुखी नेपाल बनाउन निरन्तर लागिपर्ने ।
५. बाह्य लगानीको लागि अनुकुल वातावरण निर्माण गर्न प्राथमिकता दिने । 
६. भ्रष्टाचार नियन्त्रणको लागि शुन्य सहनशिलताको नीति लिने ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here