स्ट्राइकर ह्यारी केनलाई विश्वकप अघि नै आबद्ध गर्ने होडमा रियल म्याड्रिड

0
48

घरेलु सिजनमा सोचेजस्तो प्रदर्शन गर्न नसकेको रियल म्याड्रिडले सिजनको अन्त्यमा क्लबमा केहि ठुला नामहरु भित्राउने पक्का छ । रियल अहिले टोटनह्याम तथा इङ्ग्ल्यान्डका स्ट्राइकर ह्यारी केनलाई विश्वकप अघि नै आबद्ध गर्ने होडमा रहेको छ ।ह्यारी केन यस सिजन आकर्षक लयमा छन् । प्रिमियर लिगमा केनले सर्वाधिक २३ गोल गरेका छन् । २०१७ भरि सबै प्रतियोगितामा ५६ गोल गर्दै उनले बार्सिलोनाका लियोनल मेस्सी र रियलकै क्रिस्टियानो रोनाल्डोलाई पनि उछिनेका थिए ।

ला लिगामा रियल अग्रस्थानमा रहेको आफ्नो चिरपरिचित प्रतिद्वन्दि बार्सिलोनासँग १७ अंकले पछाडि रहेको छ । रियलले अर्को सिजनका लागि पिएसजीका स्टार नेयमार र चेल्सीका एडेन हाजार्डलाई पनि भित्राउन सक्ने सम्भावना रहेको जनाइएको छ ।

केनले क्रिस्टियानो रोनाल्डोको फोन नम्बर लिएर उनीसँग आफ्नो भविष्यको बारेमा छलफल गरेको इङ्ग्लिस पत्रिका डेलि स्टारले जनाएको थियो । केन र रियल म्याड्रिडको कुराकानी सुरु भइसके पनि टोटनह्याम भने आफ्नो स्टार खेलाडि क्लबमै रहनेमा विश्वस्त रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here