नांगिनुबाहेक जीवनमा धेरै गर्नु छ: कास्कीदेखि डलासको स्ट्रिप क्लबसम्म

0
112

कथा कसको हुँदैन ? जसले जिन्दगी पाएको छ वा जसले जिन्दगी पाएको छैन–– सबैको । सबैलाई आफ्नो कथा ठूलोे लाग्छ । एउटा अरबपति होस् या बगरमा गिट्टी कुट्ने मानिस, खोलामा बगिरहेको ढुंगा होस् या खोलैमा अल्झिरहेको काठको मुढा– सबैका आफ्ना कथा हुन्छन् । दुःख–सुखका कथा ।

बिन्दु परियार । प्रायःले सुनेको नाम । दिउँसो सुन्दा नाक खुम्च्याउने, राति ‘पोर्न हब’मा खोजी–खोजी हेरिने नाम । नेपाली समाजमा पच्न नसकेको एउटा पात्र । हो, उनकै कथा हो यो । एक समय डलासकी चर्चित स्ट्रिप नर्तकी, जो ‘मलिका’, ‘बिन्दी’ अथवा ‘हट बिन्दी’को नामले परिचित भइन् । उनकै कथा हो यो ।

 

थुप्रै मानिसले उनका भिडियो र फोटो इन्टरनेटतिर हेरिसकेका छन् । उनीबारे सबैलाई थाहा छ । उनको शरीरबारे त झन् सबैलाई थाहा छ । तर, थाहा छैन उनको कथा । उनको संघर्ष । उनको आरोह, उनको अवरोह । आफ्नो कथा भन्ने अवसर सबै मानिसले पाउनुपर्छ । त्यही सोचेर उनलाई यो लेखको विषयवस्तुु बनाइएको हो । ताकि सुनून् सबैले उनको कथा ।

उनी शुरुमा निकै हिच्किचाइन् र भनिन्, “मेरो बारेमा म केही भन्न चाहन्नँ । यसै पनि मेरो बारेमा सबै कुरा इन्टरनेटमा छ ।”

फेरि उनले सोधिन्, “मेरो सेक्सको भिडियोको बारेमा के भन्नुहुन्छ ? यदि तपाईले मेरो बारेमा केही लेख्नुभयो भने पनि त्यसले के फरक पार्छ र ? मानिसहरूले मेरो बारेमा पढ्छन् अनि मलाई नराम्रो सोच्छन् ।”

उनले भनेका कुरामा उनको आफ्नै तर्क थियो । यी सबै तर्क–वितर्कपछि अन्त्यमा उनी अहिलेसम्म नभनिएका कथा सुनाउन राजी भइन् । जो अहिलेसम्म कतै सार्वजनिक गरेकी थिइनन् ।

“बाल्यकालका दिनहरू सम्झिँदा मलाई अझै पनि रुन मन लाग्छ,” कुराको पोयो फुकाउँदै उनले पश्चिम नेपालका दुःखद दिन सम्झिइन् ।

उनी हेम्जा (कास्की)को ग्रामीण क्षेत्रमा जन्मेकी हुन् । नाच्नु उनको सानैदेखिको शोख थियो । विद्यालयका हरेक सांस्कृतिक कार्यक्रममा उनले भाग लिने गर्थिन् । ती दिन साह्रै रमाइला थिए । साथीहरूसँग नृत्य गर्न नेपालका विभिन्न स्थान गइन् ।

बिन्दु १ वर्षकी हुँदा उनको हेरचाहका लागि एकजना व्यक्ति आए । उनले ज्ञानुबाबा विद्यालयबाट १२ कक्षासम्म अध्ययन गर्न सघाए । पछि बिन्दु तिनै व्यक्तिसँग अमेरिका पुगिन् । उनी जुन विश्वासका साथ ती व्यक्तिसँग गइकी थिइन्, त्योभन्दा ठीक उल्टो पाइन् । आफूले त्यति धेरै विश्वास गरेको मानिसले त्यस्तो गर्ला भनेर उनले सपनामा पनि चिताएकी थिइनन् ।

३० वर्षका टम स्वेल बिन्दुभन्दा २९ वर्ष जेठा थिए, जसले बिन्दुकी काकीसँग विवाह गरेका थिए । उनी पर्वतारोही थिए । पछि उनले बिन्दुकी काकीसँग सम्बन्धबिच्छेद गरेर बिन्दुकी दिदी सीता परियारसँग विवाह गरे ।

बिन्दुका लागि ती व्यक्ति त्यतिबेलासम्म राम्रै थिए । उनैले बिन्दुको कक्षा १ देखि पढाइको खर्च बेहोरिरहेका थिए । तर, टमको दिमागमा जुन कुरा चलिरहेको थियो, त्यो कसैलाई पनि थाहा थिएन । सबै कुरा परिवर्तन भयो, जब सीताले टमलाई छोडिन् ।

बिन्दु सम्झिन्छिन्, “उनले आत्महत्या गर्छु भनेका थिए तर मैले सम्झाएँ । टमले मलाई दिदी सीताका केही नांगा तस्बिर देखाउँदै कुनै जवान केटाका लागि आफूलाई छाडेको आरोप लगाए । मैले सबै सत्य ठानें तर त्यहाँ कुरा ठ्याक्कै उल्टो रहेछ । दिदीलाई उनले स्ट्रिप क्लबमा काम गर्न कर गरिरहेका रहेछन् । उनी मलाई अमेरिका लिएर जान चाहन्थे किनभने मजस्ता जवान केटीले उनका लागि धेरै पैसा जम्मा गर्न सक्थी । अहिले म महसुस गर्दैछु– आखिर मैले दिदीको कुरा किन सुनिनँ ? शायद म अमेरिका आउन धेरै नै उत्सुक थिएँ । तर, अफशोच ! म टमको गलत योजनामा फसिसकेकी थिएँ ।

मेरा आमाबुवा गरिब हुनुहुन्थ्यो । उहाँहरू सोच्नुहुन्थ्यो– टम हामीजस्ता गरिबलाई सहयोग गर्ने भगवान् हुन् । आखिर मैले जीवनको सुरुवातदेखि चिनेको मानिसलाई म विश्वास नगरूँ पनि कसरी ? हामी सबैले उनको विश्वास ग¥र्यौं । उनले दिएका पन्नाहरूमा मैले आँखा चिम्लेर हस्ताक्षर गरें । अमेरिका ? हो म साँच्चै आउन चाहन्थें तर मैले यस्तो मूल्य चुकाउनपर्छ भन्ने सोचेकी थिइनँ । अमेरिका आइसकेपछि परिस्थिति बिग्रिँदै गयो । मैले बुझेसम्म टमले मलाई यहाँ पढाउन ल्याएका हुन् । त्यही धरातलमा टेकेर मैले राम्रो परिवार र सुखी जिन्दगीको आशा गरें । म आफ्नो परिवारलाई गरिबीको दलदलमा फसेको देख्न चाहन्नथें । सबैभन्दा रोचक कुरा त– जसलाई मैले २० वर्षदेखि चिनेकी थिएँ, उनैको कारणले म अर्को दलदलमा फसें ।

उनले मेरा सबै सपना पूरा गरेर नर्स बनाउने वाचा गरेर मलाई यहाँ ‘के १’ भिसा (विवाह गर्नका लागि दिइने भिसा)मा लिएर आए । म र मेरो परिवार निकै खुशी थियौं । हामीले सोच्यौं कि म अमेरिका पढ्नलाई जादै थिएँ । तर, म उनको यौन चाहना पूरा गर्ने दासी र उनकी श्रीमतीको रूपमा जान लागेको कुरा थाहा थिएन ।

पहिलोपटक म सन् २०१० अक्टोबरमा अमेरिकाको मोन्टाना सिटी पुगेकी थिएँ । ‘केयर गिभर’को काम गर्ने सोच थियो । तर, टमले मलाई अमेरिका ल्याउन धेरै पैसा खर्च गरेको भन्दै नाइट क्लबमा काम गर्न जिद्दी गरे । त्यसपछि उनले मलाई इडाहो र डलासमा लगे ।

तीन महिनासम्म उनले भनेको काम गरिसकेपछि मैले नेपाल फर्कन चाहेको बताएँ । तर, उनले मलाई मेरो नग्न भिडियो र फोटो परिवारलाई देखाइदिन्छु भन्दै धम्क्याए । बाध्य भएर त्यसलाई निरन्तरता दिएँ । त्यसबाहेक सबैभन्दा ठूलो कुरा त उनीसँग मेरो पासपोर्ट र सबै कागज थिए । यहाँको व्यवस्था कस्तो थियो भन्ने कुराको मलाई कुनै जानकारी थिएन । प्रहरीको सहायता कसरी लिने भन्ने कुराको समेत मलाई कुनै जानकारी थिएन । त्यो मेरो लागि छुट्टै संसार थियो । मेरो जीवन नर्क भइसकेको थियो ।

मैले टमलाई धेरै विश्वास गरेकी थिएँ । पहिलो दिनदेखि नै मेरो जिन्दगी उनको हातमा थियो । वर्षौंदेखि उनी मलाई यता ल्याएर यस्तो पेशामा लगाउन चाहन्थे भन्ने कुराको औंशबराबर पनि छनक थिएन । ममा गरेको सबै लगानी फिर्ता गरिसकेपछि मलाई छाडिदिन धेरै अनुरोध गरें तर उनले मलाई धम्कीमात्रै दिइरहे ।

टन्न पैसा कमाएको सहज जीवन हुँदेन । मैले जसरी पनि एक रातको हजार डलर कमाउनु पथ्र्यो । नत्र टमले बेल्टले हिर्काउँथे । आफ्नो पिसाब पिउन बाध्य पार्थे । उनी दिनभरि घर बस्थे, हरेक रात पिउँथे । काममा जाँदा मेरो खुट्टामा एकदम पीडा हुन्थ्यो । मानिसहरूका लागि नांगो हुनुपथ्र्यो । म दिनको १२ घण्टा, हप्ताको ५ देखि ७ दिनसम्म काम गर्थें । मैले कति कमाएँ र कति जनासँग यौन सम्पर्क राखें भन्ने कुरा उनले टिपेर राख्थे । मैले बिनापैसा उनको खुशीका लागि पनि यौन सम्पर्क राख्नुपथ्र्यो । उनलाई त्यसैमा सन्तुष्टि हुन्थ्यो । म पैसाको लागि मात्रै नाच्थें । उनले मलाई पिउन बाध्य गराएर मेरो सेक्स भिडियो बनाए र पछि त्यही भिडियोको बहानामा धम्क्याउन थाले । उनका गतिविधिबाट म त्रसित भइसकेकी थिएँ, त्यसैले उनले जे भन्छन्, त्यही गर्नुबाहेक मसँग अरु कुनै विकल्प थिएन ।

लामो समयसम्म चुप लागेर उनले भनेको मानें । तर, म उनको यातनाबाट झनपछि झन् पीडित हुदै गएँ । म पाँच पटकसम्म अस्पताल भर्ना भएँ । मसँग यौन सम्पर्क गराउन उनी कलेज पढ्ने केटा र आफ्ना साथीहरू ल्याउने गर्थे । मैले उनीसँग भन्दा अरुसँगै यौनसम्पर्क राख्नु उचित ठानें । कमसेकम मलाई उनीहरूले आफ्नो इच्छा पूरा भएपछि पिट्न त पिट्दैनथे । मलाई एक्लै छोडिदिन्थे । मैले आफैंलाई मार्ने कोसिस पनि गरें । धेरैपटक मलाई मानसिक अस्पतालमा लगेर राखियो । परामर्श लिएर औषधि खाएँ । अहिले मैले उनलाई छोडिसकेकी छु र आफ्नो जीवन कुनै राम्रो मानिससँग बिताउने सोचमा छु । मैले नर्सिङ कलेजमा पनि भर्ना लिएँ । अहिले मसँग पम्पकिन नाम गरेको कुकुर छ, जसले मेरो ओठमा मुस्कान ल्याउँछ ।

मेरा फोटा र भिडियो हेर्दा म आफ्नो कामबाट सन्तुष्ट देखिनु स्वाभाविक हो, तर त्यो सबै मेरो देखावटी थियो । त्यो मेरो काम थियो । मेरा तस्बिरहरू सबै त्यही कामको प्रयोजनका लागि थिए । सबै फोटोहरू मोडलिङ प्रतियोगिताका लागि थिए । केही महिनापछि म त्यसैमा घुलमिल हुँदै गएँ । मसँग अरु कुनै विकल्प पनि थिएन ।

टम मेरै सहारामा बाँचिरहेका थिए । मैले एक रातको ८ सयदेखि ३ हजार डलरसम्म कमाउँथे तर त्यो पैसामध्ये उनले मलाई १० प्रतिशतमात्रै दिन्थे, जुन मैले परिवारका लागि घर पठाउँथें । मैले शारीरिक यातनाहरू सहन सकिन ।

२०१२ मा डलासमा थिएँ । त्यहाँ मैले बस्ने ठाउँ भेट्टाएँ र डिर्भोसका लागि दर्ता गरें । टमले मलाई फेरि तीन वर्षसम्म सँगै बस्न अनुरोध गरे । तर, मलाई फेरि मूर्ख बन्नु थिएन । म उनीसँग बसिनँ भने फेरि मेरो सम्पूर्ण नग्न तस्बिर र फिल्म पोस्ट गरिदिने धम्की दिए, जुन उनैले बनाएका थिए । मैले मानिनँ । अहिले अनलाइनमा भएका कुराहरू सबैले देखिसके ।

मेरो विगत एउटा नराम्रो दुस्वप्न थियो, जसलाई म भुल्न चाहन्छु । मैले टमलाई छोडेको दुई वर्ष भइसकेको छ । अहिले म धेरै सन्तुष्ट छु । उनलाई छोडेदेखि नै मैले नाच्न पनि छोडिदिएँ । अब म नर्स बन्न मेहनत गरेर पढ्दैछु । भर्खरै मैले कलेज भर्ना गरें । नर्सिङ गर्नुअघि पढ्नुपर्ने विषय पढ्दैछु ।

मेरो जिन्दगी मेरो परिवारको लागि हो । मैले जुन दिन मेरो परिवार र घरको लागि केही गर्न सक्छु, त्यही दिन मेरो जीवनको सबैभन्दा खुशीको दिन हुनेछ ।

टमलाई छोडेदेखि म उनीसँग सम्पर्कमा छैन । उनले मेरो लागि नेपालमा गरेको सहयोगप्रति आभारी छु ।”

हामीले बिन्दुलाई सोध्यौं, “नर्सिङ प्रमाणपत्रकै आधारमा पहिलेजस्तो आम्दानी नभए तपाईंले पुनः नाच्ने पेशालाई निरन्तरता दिनुहुन्छ ? किनभने तपाईंले नर्सिङ गरेर एक वर्षमा कमाउने पैसा स्ट्रिपिङ गर्दा एक महिनामा कमाउनुहुन्छ ।”

जवाफमा बिन्दुले भनिन्, “म थाकिसकेकी छु । नर्सिङ प्रमाणपत्रका लागि ज्यान दिएर पढिरहेकी छु । मैले जीवन बिताउन राम्रो मान्छे पनि पाइसकेकी छु, जसले मलाई धेरै माया र ख्याल गर्छ । मेरो जीवनमा ऊ नआएको भए र मेरो बस्ने ठाउँ नभएको भए शायद म फेरि त्यही पेशामा फर्किन्थें होला । त्यो काम नराम्रो होइन तर गाह्रो भने हो । धेरै मानिसहरूको अगाडि नांगिन ठूलो हिम्मत चाहिन्छ । मैले मेरो पढाइलाई पहिलो प्राथमिकता दिनुपर्छ । खान, बस्न र परिवारलाई सुखी राख्न पाए मलाई जुन काम पनि ठीक छ । नांगिनुबाहेक मैले जीवनमा अरु धेरै काम गर्न बाँकी छ ।” (यो सामग्री ‘गुन्द्रुक पोस्ट’को अंग्रेजीबाट अनुवाद गरिएको हो ।)

बाह्रखरीबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here