यसरी परे गुण्डा नाइके मनोज पुन प्रहरी फन्दामा !

0
37

काठमाडौं । ‘मोस्ट वान्टेड’ को सूचीमा रहेका गुण्डा नाइके मनोज पुन पक्राउ परेको बताइएको छ । पुनलाई नेपाल प्रहरीले भारतको गोवाबाट पक्राउ परेको स्रोतले बताएको हो ।

आफू प्रत्यक्षदर्शी भएको दाबी गर्दै भारतीय नागरिक गिरीराज सिंहले दिएको जानकारी अनुसार मलेसियाबाट भारतको गोवा आइपुगेका पुनलाई पक्राउ गरेको हो ।

पुनलाई आइतबार दिउँसो पौने बाह्र बजे नेपाल प्रहरीको एक टोलीले पक्राउ गरेको हो । पुनकासाथमा अर्का व्यक्ति सोम आले पनि पक्राउ परेको सिंहले बताएका छन् ।

तर पक्राउ भए नभएको बारेमा पुष्टी भइनसकेको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताएका छन् ।

दुर्गा तिवारीको हत्या भएपछि सम्पर्कविहिन भएका पुनको अन्य अपराधिक घटनामा पनि संलग्न भएको आशंका प्रहरीले गर्दै आएको छ । निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष शरदकुमार गौचन र रुपन्देहीका फर्निचर व्यवसायी बलु पौडेलको हत्यामासमेत पुनको संलग्नता रहेको आशंका गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here