रञ्जु दर्शना पक्राउ

0
49

काठमाडौँ- सर्वोच्च अदालतमा जवाफ दिन पुगेका डा. गोविन्द केसीको समर्थन गर्दै प्रदर्शनमा उत्रिएका विवेकशील साझा पार्टीका रञ्जु दर्शनासहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।प्रधान न्यायाधीशविरुद्ध जथाभावी बोलेको भन्दै उनीहरुलाई जिल्ला प्रशासन कार्यालय अगाडिबाट पक्राउ गरी सिंहदरबार वृतमा पुर्‍याइएको छ।प्रधानन्यायाधीश गोपाल पराजुलीको किर्ते नागरिकता खारेजको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए।सर्वोच्चमा जवाफ दिएपछि डा. केसी र उनका समर्थक प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन पेश गर्न पुगेका थिए।

 

सर्वोच्च अदालतमा हाजिर हुन पुगेका डाक्टर गोविन्द केसीका समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको छ। प्रधान न्यायाधीश गोपाल पराजुलीविरुद्ध नारावाजी गर्दै डाक्टर केसीको समर्थनमा जुटेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।अदालतको अवहेलना मुद्दामा हाजिर हुन डाक्टर केसी आज सर्वोच्च अदालत पुगेका थिए। उनले सर्वोच्चमा लिखित जानकारी दिँदै आफ्नो बयान यथावत रहेको बताएका थिए। उनले न्यायाधीशको गलत निर्णयविरुद्ध अभिव्यक्ति दिँदा न्यायालयविरुद्ध अभिव्यक्ति दिएको नहुने तर्क गरेका छन्।केसीका समर्थकहरुले प्रधान न्यायाधीश पराजुलीविद्ध कडा नारावाजी गरेका थिए। उनीहरु जिल्ला प्रशासन कार्यालय अगाडिबाट पक्राउ परेका हुन्। उनीहरुलाई वैद्यखानासँगकै महानगरीय प्रहरी वृत्त सिंहदरबार पुर्‍याइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here