बार्सिलोनालाई नकआउट गर्ने दाउमा चेल्सी

0
67

पुर्व बार्सिलोना तथा चेल्सी स्टाइकर पेद्रो रोद्रिगेजले लियोनल मेस्सीप्रति आफ्नो अभिब्यक्ति दिएका छन् ।

उनले लियोनल मेस्सी विश्वकै उत्कृष्ट खेलाडी भएपनि अपराजित भने नरहेको बताएका छन् ।

फ्रेबअरी २० मा च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिग चरणमा चेल्सी बार्सिलोनासँथ आमने सामने गर्दैछ ।

बार्सिलोनामा ८ वर्ष मेस्सीसँग खेल खेलेका पेद्रोले बार्सिलोनालाई हराउन चेल्सी सक्षम रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘बार्सिलोना विश्वकै उत्कृष्ट क्लब हो । बार्सिलोना भन्ने बित्तिकै लियोनल मेस्सी जसलाई रोक्न एकदमै कठिन रहेको छ । तर, चेल्सी यसका लागि तयार रहेको छ ।’

उनले भनेका छन्, ‘मेस्सीसँग खेल पाउनु एक भाग्यको कुरा हो । मैले मेरा सन्तानलाई पनि उनीसँग खेलेको हुँ भन्न पाउनेछु । उनी इतिहास कै सर्वश्रेष्ठ खेलाडी हुन् ।’

सन् २०११ -१२ को च्याम्पियन्स लिग सेमि फाइनलमा चेल्सीले बार्सिलोनालाई पराजित गरेको थियो भने फाइनलमा बार्यन म्युनिखलाई पराजित गर्दै उपाधि जितेको थियो । इतिहास दोहोराउने दाउमा चेल्सी रहेको छ ।

सन् २०१५ मा चेल्सीमा अनुबन्ध भएका पेद्रोले बार्सिलोना ३२ गोलले पराजित भएको आफुलाई अझै पनि याद रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘बार्सिलोनाका खेलाडीहरुलाई राम्रोसँग थाहा छ कि चेल्सीसँग खेल्नु चानेचुने कुरा होइन । इतिहासमा चेल्सीको राम्रो रेकर्ड रहेको छ । हो उनीहरु यस सिजन उच्च फर्ममा रहेका छन् र अपराजित पनि छन् । तर, चेल्सीको मैदानमा जित हात पार्न निकै कठिन रहेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here