बार्सिलोनालाई हार्नबाट जोगाए लियोनल मेस्सीले

0
70

गएराति भएको च्याम्पियन्स लिगमा बार्सिलोना चेल्सीसँग हार्नबाट बचेको छ ।

बार्सिलोनाले चेल्सीसँग एकएक गोलको बराबरी खेल खेलको हो ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको बल पोजिसन भने धेरुै थियो । पहिलो हाफमा अत्यन्त राम्रो खेल प्रदर्शन गरेको चेल्सीले काउन्ट्र अट्याकिंग खेल खेलेको थियो । पहिलो हाफमा विलियनका दुई प्रहार बार लागेका थिए ।

तर, दोस्रो हाफको ६२ औ मिनेटमा विलियनले गरेको प्रहारले जाली चुम्यो ।

च्याम्पियन्स लिगमा बार्सिलोनाको बलियो प्रतिस्पर्धी मानिने टोली चेल्सीविरुद्ध लियोनल मेस्सीले खेलको ७५ औ मिनेटमा बराबरी गोल गरे । चेल्सीविरुद्ध धेरै पटक मैदानमा उत्रिए पनि उनले हालसम्म गोल गर्न सकेका थिएनन् ।

तर, उनले यस खेलमा भने इनियस्ताको पासमा गोल गरे । यो बराबरीसँगै बार्सिलोनालाई अवे गोलर्को एड्भान्टेज मिलेको छ । दोस्रो लिग चरण बार्सिलोनाको घरेलु मैदान क्याम्प नउमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here