अमेरिकाले उत्तर कोरियाविरुद्ध सबैभन्दा कडा नाकाबन्दी लगाउने

0
66

अमेरिकाले उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउने घोषणा गरेको छ ।सो नाकाबन्दी उत्तर कोरियाली, चिनियाँ तथा ताइवानी पानी जहाजविरुद्ध लक्षित हुने बताइएको छ ।राष्ट्रपति डोनल्ड ट्रम्पले यो नाकाबन्दी उत्तर कोरियाको परमाणु हतियार कार्यक्रम रोक्न एक महत्वपूर्ण प्रयास हुने बताएका छन् ।

उनले यसलाई उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै कडा नाकाबन्दी भएकोसमेत घोषणा गरेका छन् ।उत्तर कोरियाले अहिले पनि आफ्नो आणविक अस्त्र कार्यक्रमलाई जारी राखेकाले थप नाकाबन्दी लगाउनुपरेको उनको भनाई छ ।

यो नाकाबन्दीमा ५० वटाभन्दा बढी पानीजहाज कम्पनीलाई निशाना बनाइएको छ ।यीमध्ये उत्तर कोरियाका १६, हङकङका पाँच, चीनका दुई, ताइवानका दुई र पनामा तथा सिंगापुरका एक÷एक कम्पनी छन् ।

उत्तर कोरियामाथि अमेरिकाले यसअघि पनि कयौं प्रतिबन्ध लगाइसकेको छ । यसअघि गत डिसेम्बरमा संयुक्त राष्ट्र संघले उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले कटौती गर्ने उद्देश्यले विभिन्न नाकाबन्दी लगाएको थियो । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here