प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

0
49

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । माओवादी केन्द्रसहितका गरी चार मन्त्री थप्दै सोमबार मन्त्रिपरिषद् विस्तार भएको हो ।

सरकारमा माओवादी केन्द्रको नेतृत्व गर्नेगरी नेता रामबहादुर थापा बादल गृहमन्त्री बनेका छन् । यस्तै माओवादीबाट मात्रिका यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् ।

यता पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडा अर्थमन्त्री बनेका छन् । उनलाई राष्ट्रिय सभामा मनोनित गरिएको छ । तर, सर्वोच्चको अन्तरिम आदेशमार्फत उनको सपथ भने रोकिएको छ । संविधानत: उनलाई मन्त्री बन्न रोकवट छैन। यस्तै एमालेबाट महासचिव ईश्वर पोखरेल रक्षामन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरुले सोमबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबारको मन्त्रिपरिषद् विस्तारसँगै ओली सरकार सात सदस्यीय बनेको छ । प्रधानमन्त्रीले सपथ लिएकै दिन लालबाबु पण्डित र थममाया थापाले मन्त्रीको सपथ लिईसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here