साउदी अरबमा अब सेनामा महिलालाई खुल्ला

0
80

साउदी अरबले आफ्नो जारी वृहत सामाजिक सुधारलाई अघि बढाउने क्रममा महिलाहरुलाई सेनामा भर्ती गराउने नयाँ प्रावधान ल्याएको छ । उक्त प्रावधान स्वेच्छिक हुने र कुनै पनि महिलालाई सेनामा जान अनिवार्य हुने छैन ।

साउदी प्रेस एजेन्सीको अनुसार जन सुरक्षा निर्देशनालयले आइतवार महिलाहरुलाई सैनिक पदका लागि बाटो खुल्ला गरिदिएका छन् । महिलाहरुलाई रियाद, मक्का, मदिना, कासिम, असिर, अल-बहा र शरकियाहमा नियुक्त गरिने बताइएको छ ।

सेवामा भर्ती हुनका निम्ति महिलाहरु साउदीको मूल नागरिक हुनुपर्नेछ । साथै शैक्षिक योग्यता डिप्लोमा सम्मको हुनुपर्नेछ । २५ देखि ३५ वर्षसमूहका महिलाहरुले मात्र सेनामा भर्ती हुन आवेदन दिन पाउनेछन् ।

साउदीको युवराज मोहम्मद सलमानको अगुवाईमा सुरु भएको वृहत सामाजिक सुधारको प्रयास अन्तर्गत यसलाई एउटा महत्वपूर्ण कदम मानिएको छ ।

साउदी अरबको शाही परिवार तथा धार्मिक प्रतिष्ठानहरु ‘वहाबियत’ लाई पालना गर्छन् । जसमा महिलाहरुका लागि कठोर नियम बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here