अण्डर ग्राउण्डमा लुकिरहेकी एक सिरियाली बालिकाले रुदै यसो भनिन्

0
69

एजेन्सी । ‘प्रत्येक दिन हामी जमिन मुनि लुक्न बाध्य छौ, बाहिर निस्कन सकिरहेका छैनौ । बमको आतंकले हामीलाई सुत्न दिएको छैन ।’ एक सिरियन बालिकाले रुदै शेयर गरेको भिडियोको सन्देश हो यो ।

आखाँबाट बलिन्द्रा आँशु झादै उनी भन्छिन्,‘यो कस्तो जीवन हो । यो भोगाइ धेरै भयो ।’

‘खानेपानी त परै जाओस् हामीसँग खानेकुरा पनि छैन । प्रत्येक दिन हामी अण्डरग्राउण्डमा सुत्ने प्रयास गर्छौ तर पिडाले हामीलाई सुत्नै दिदैन ।’

‘हामीसँग न त ब्ल्यांकेट छ न त म्याटरेस नै ।’

‘यहाँबाट बाहिर गर्यौै भने हामीलाई बमले ध्वस्त पार्नेछ । तिमीलाई केही पनि थाहा छैन कस्तो जीवन बाँचिरहेका छौ हामी ।’

‘बसर अल असाद तिमीलाई भगवान् सत्बुद्धि दिउन् । तिमीले गोउटाका बच्चाहरु मारिरहेका छौ ।’

‘तिमी हामीसँग के चाहन्छौ ?’ उनले रुदै प्रश्न गरेकी छिन् ।

‘हाम्रो वरपर रहेको सबै चीज तिमीले खरानी पारिदियौ । तिम्रा आफ्ना सन्तान छैनन् हो ?’

‘एकपटक कल्पना गरेर त हेर यदी तिम्रो सन्तानहरुमाथि पनि यसरी बम खसालेको भए के गथ्र्यौ ?’

‘किन बच्चा, महिला र बुढाहरुलाई मारिरहेका छौ तिमी ?’

‘मेरो पिता मसँग छैनन् अहिले ।’ उनले भनिन् ।‘बस हामीले तिमीसँग मागेको हाम्रो सुरक्षामात्रै हो । अब हाम्रो भरोसा भनेको भगवान मात्रै हुन् ।’

‘अरबका कुनै पनि देशले हाम्रो मदत गरेका छैनन् ।’

‘सर्वसाधारणमाथि बम खसाल्न किन रसियाले किन असादलाई मदत गरिरहेको छ ? ‘भगवान् हाम्रो रक्षा गर ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here