काँग्रेसले नाराबाजी गरेपछि पाेखरा महानगरकाे नगरसभा स्थगित

0
70

 

पोखरा । कर्मचारी भर्ना प्रक्रियामा अनियमितता भएको भन्दै पोखरा महानगरपालिकाको दोस्रो नगरभसभामा नेपाली कांग्रेसले नाराबाजी गरेको छ ।

कांग्रेसका जनप्रतिनिधिहरुले नगरसभाको सुरूमै संसदमाजस्तै विशेष समय मागेर प्राविधिक परीक्षा प्रक्रिया गलत भएको भन्दै विरोध गरेपछि मेयर मानबहादुर जिसीले १५ मिनेट सभा स्थगित गरेका थिए ।

गत फागुन २७ गतेका नगरसभामा पेश भएको १८ कानुनमाथि छलफल गर्न बसेको बैठकमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तथा सदस्यहरूले प्राविधिक तथा अनमी नियुक्तिमा अनियमितता भएको भन्दै नाराबाजी गरेका हुन् ।

स्थगित भएपछि पुनः बसेको बैठकमा कांग्रेस जनप्रतिनिधिले फेरि विरोध गरेपछि मेयर जिसीले बैठक आधा घन्टाका लागि स्थगित गरेका छन् । १ सय ७० जना जनप्रतिनिधि रहेको पोखरा महानगरमा ४८ जना कांग्रेसबाट निर्वाचित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here