यी हुन् बलात्कारीलाई क्रुर सजाय भएका देशहरु

0
88

एजेन्सी । विश्वमा कतिपय यस्ता देशहरु रहेका छन् जहाँ बलात्कार जस्तो घृणित कार्य गर्नेलाई कडाभन्दा कडा सजाय हुने गरेको छ ।

 

समाजका लागि अति नै आपत्तिजनक अपराधलाई निरुत्साहित गर्न सरकारले बेलाबेलामा ठुलै कदम चाल्ने गरेका छन् । तर, समस्या भने बढी नै रहेको छ ।

 

नेपालमा पनि बलात्कारका घटना ठुलो संख्यामा हुने गरेको छ । तर, विश्वमा यी घटनालाई न्युनियकरण गर्न कडा सजायको व्यवस्था गरिएको छ । यी हुन् बलात्कारीलाई  क्रुर सजाय भएका देशहरु

 चीन

चीनमा बलात्कारीलाई सोझै फाँसीको सजाय दिने नियम छ । थप गम्भिर केश भएमा बलात्कारीको गुप्तांग समेत टर्चर दिने कानुनी व्यवस्था रहेको छ ।

इरान

इरानमा बलात्कारको अपराधीलाई फाँसीमा चढाउने वा रिसले आगो बनेको भिडमा अपराधीलाई छाडिने काम गरिन्छ ।

नेदरल्याण्ड

बलात्कारी भएको दोषी पाइएमा ४ देखि १० वर्षसम्म जेल सजाय हुने नेदरल्याण्डको कानुनी व्यवस्था रहेको छ । नेदरल्याण्डमात्र एउटा यस्तो देश हो जहाँ बिना अनुमति चुम्बन गरेमा मात्रै बलात्कार मानिनेछ र बलात्कारीलाई झै सजाय दिइन्छ ।

 फ्रान्स

फ्रान्समा बलात्कारीलाई १५ वर्षसम्मको जेल सजाय हुने कानुनी व्यवस्था छ । यो सजाय ३० वर्षसम्म पनि बढाउन सकिन्छ ।

उत्तर कोरिया

उत्तर कोरियामा कुनै पनि बलात्कारीलाई जीवित राख्ने प्रावधान रहेको छैन । बलात्कारीलाई तत्काल गोली हानी मारिन्छ ।

रसिया

रसियामा बलात्कारीलाई ४ वर्षको जेल सजाय हुने कानुनी नियम रहेको छ । पिडितलाई कतिसम्म पिडा दिएको छ त्यस अनुसार ३० वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

अफगानिस्तान

अफगानिस्तानमा बलात्कारीलाई चार दिनभित्र गोली हानी मारिन्छ अर्थात् मृत्युको सजाय दिइन्छ ।

नर्वे

नर्वेमा बलात्कारीलाई ४ देखि १५ वर्षसम्म जेल सजाय दिने कानुनी व्यवस्था रहेको छ ।

अमेरिका

अमेरिकामा बलात्कार सम्बन्धी दुई खाले कानुन रहेका छन् । एक संघिय कानुन र दोस्रो राज्य कानुन । संघिय कानुन अनुसार बलात्कारीलाई ३० वर्षसम्मको जेल सजाय हुन्छ तर राज्यको कानुन राज्य अनुसार फरक फरक रहेका छन् ।

भारत

सन् २०१३ मा भारतमा एन्टी रेप बिल पास भएपछि बलात्कारविरुद्ध सरकारले कडा कानुन बनाएको छ । बलात्कारीलाई १४ वर्षको जेल सजाय वा जन्मकैद हुने व्यवस्था रहेको छ ।

साउदी अरब

साउदी अरबमा यदी बलात्कारी भएको पुष्टि भएमा सार्वजनिक रुपमा मृत्युदण्ड दिने नियम रहेको छ ।

मिस्त्र

यस देशमा बलात्कारीलाई सार्वजनिक रुपमा मृत्युदण्ड दिने व्यवस्था रहेको छ ।

इजरायल

इजरायलमा बलात्कारीलाई ४ देखि १६ वर्षसम्म जेल सजाय रहेको छ ।

युएई

युएईमा बलात्कारीलाई सोझै फाँसी दिने कानुनी व्यवस्था रहेको छ ।

ग्रीस

ग्रीसमा बलात्कारीलाई मृत्यु नआइन्जेलसम्म कैद गरेर राख्ने कानुनी व्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here