५ वर्षभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आधा काम सकिन्छ-रवीन्द्र अधिकारी

0
33

बारा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ५ वर्षभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आधा काम सिध्याउने दावी गरेका छन् ।

शुक्रबार बाराको सिमरामा आयोजित सिमरा औद्योगिक महोत्सवमा उनले ५ वर्षभित्रमा कम्तीमा आधा काम सिध्याउने गरी काम गर्ने बताए ।

‘हावादारी कुरा बोलेर हुँदैन, म ५ बर्षमै बन्छ भन्दिन, कम्तीमा २ बर्षमा पुर्वतयारीको काम सकिनुपर्छु उनले भने, ुयति ठूलो आयोजना जादु जसरी सम्पन्न हुँदैन, ५ बर्षभित्र आधाआधी काम सक्न पाए हामीले ठूलै युद्ध जितेसमान हुनेछ ।’

बारामा बन्न लागेको दु्रतमार्ग र अन्तर्राष्ट्रिय विमानस्थलबारे सुरुवाती चरणदेखि आफू जानकार रहेको बताउँदै मन्त्री अधिकारीले स्थानीय जनप्रतिनिधिलाई गम्भीरतापूर्वक आयोजना निर्माणमा सहयोग गर्न आग्रह गरे ।

‘मन्त्रालयबाट गर्नुपर्ने कुनै पनि जिम्मवारीमा ढिला गर्दैन, आयोजना निर्माणको प्रमुख मेरुदण्ड भनेको तपाईंहरु हो’, उनले जनप्रतिनिधिहरुलाई भने ‘अब काममा कुनै पनि कारणले ढिलासुस्ती हुनु हुँदैन ।’

मन्त्री अधिकारीले शुक्रबार विमानस्थल निर्माण क्षेत्रमा पर्ने टाँगीयाबस्तीको स्थलगत अवलोकनसमेत गरेका छन् ।

कहाँ पुग्यो निर्माण कार्य ?

२०७१ को २९ चैतमा सरकारले विमानस्थलको चार किल्लाको घोषणा गरेपछि पूर्व, पश्चिम र दक्षिण सिमानामा ५०र५० मिटरमा पक्की पिलर गाड्ने काम सकिएको छ ।

यस्तै चुनौतीका रुपमा देखिएको टाँगिया बस्तीको बस्ती ब्यवस्थापनको समस्या छिट्टै समाधान हुने भएको छ । आयोजना कार्यालय सिमराले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वातावरणीय प्रभाव, सामाजिक प्रभाव तथा पुर्नवास सम्बन्धी अध्ययनकार्यको अन्तिम प्रतिवेदन नेपाल नागरिक उड्डयन कार्यालयमा प्राप्त भई वातावरण मन्त्रालयमा पेस गर्ने चरणमा रहेको छ ।

मुआब्जामा असन्तुष्टी देखिएका स्थानीय कोल्हबी नगरपालिका, काँटगाउँका स्थ्ाानीय भने मुआब्जा लिन राजी भएका छन् । सो क्षेत्रभित्र पर्ने १ सय १५ बिघा जमिनमध्ये मुआब्जा प्रक्रियापछि १५ बिघा जमिनको आयोजनाले भोगाधिकार प्राप्त गरिसकेको सिमरा कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here