जंगबहादुरको इतिहास : ३६ पत्नी, बेश्या खर्च प्रतिरात अढाई लाख पाउण्ड !

0
33

सबैभन्दा कम उमेरमा प्रधानमन्त्री भएका जंगबहादुर बलनरसिंह र गणेशकुमारीको कोखबाट गोरखामा जन्मेका थिए । फिल्मी नायकजस्तो इतिहास बोकेका उनी औंठाछाप थिए । यिनले नेपाली अक्षरसम्म चिन्दैनथे । उनले सानैदेखि पठाइमा रुचि पनि राखेनन् ।
उनी बाबू बालनरसिंहसँग धनकुटा, डडेलधुरा र जुम्लामा रहँदा कुस्ती, बन्दुकबाजी, घोडसवार र युद्धकला सिकेका थिए । बि.सं. १८०३ मा मूर्ख जंगबहादुरले राज्यको सम्पूर्ण बागडोर सम्हाले । उनले चाहेको भए नेपालले प्रगति गर्न सक्थ्यो । तर, उनी भोगबिलासका लागि राज्यको ढुकुटी सक्नेतिर लागे ।

उनी प्रधानमन्त्री हुँदा बृटिसको साम्राज्य बिस्तार चल्दै थियो । त्यसबेला भारत पनि ब्रिटिसको कब्जामा थियो । भारतमा अगे्रजबिरोधी गतिबिधि बढ्दै गएको बेला ब्रिटिस साम्राज्यसँग लड्न नसकिने ठानेर उल्टै जंगबहादुरले भारतको लखनउमा अंग्रेजविरुद्ध गतिविधि दमन गर्न सैनिक पठाए । त्यसबेला लखनउमा लुटपाट मच्चाएर उनले ठूलो सम्पति हात पारेका थिए ।

विद्रोह दबाएपछि भागेर नेपाल आएका भारतका धन कुबेर बेगम तथा महारानीलाई आफ्नै थापाथली दरबारको प्राङ्गणमा शरणार्थीको रुपमा बस्न दिएर जंगबहादुरले उनीहरुसँग भएको हीरा, मोती लगायत बहुमूल्य गहना लुटेका थिए । तर, त्यो सबै सम्पति उनले आफू र आफना सन्तानको भोग बिलासमा खर्चेका थिए ।

जंगबहादुर सुन्दरीहरुका भोगी थिए । उनका दरबारमा इन्द्रको राज्य अमरावतिलाई पनि बिर्साउने खालका भोग बिलासका साधन थिए । उनी अत्यन्त कामुक थिए । उनका बिबाहित र ल्याइते गरेर ३६ भन्दा बढी पत्नीहरु थिए । साथै प्रशस्तै अघोषित पत्नीहरु तालिमे, सुसारे, नर्तकी र रखौटीहरु थिए । उनका लागि नेपाल तथा भारतबाट तरुनी केटीहरु खोजेर ल्याउने मानिसहरु खटाइएका थिए ।

उनलाई तरुनीहरु ल्याइदिनेमा सुब्बा, काजी तथा उच्च पदमा बढुवा हुन्थे । तर, नसक्नेहरु दण्डित हुन्थे । उनको दरबारमा उनको कामुकतामा भिड्न नचाहने र नसक्ने केटीहरुलाई भोटमा लगेर नेपाल सरकारको प्रतिनिधिमार्फत बेचबिखन हुने गर्दथ्यो ।

जंगबहादुर भारत जाँदा बनारस र पटनाका नामुद बेश्यासँग सहबास गर्दथ्ये । बि.सं. १९०७ मा बेलायत यात्राका क्रममा जंगबहादुरले लण्डनकी प्रसिद्ध बेश्या सुन्दरी लुरा बेलसँग एक रातको २ लाख ५० हजार पाउण्ड तिरेर सहबास गरेका थिए । विश्वकै महंगी बेश्यामध्येकी एक लुरा बेलसँग सहबास गरेर जंगबहादुरले आफूलाई एक धनी कामुकहरुको सूचीमा राखेका थिए ।

उनले सहबास गर्ने कतिपय केटीहरु साहै्र कम उमेरका पनि थिए । जंगबहादुर तरुनीहरुलाई सन्तुष्टि दिने शारीरिक क्षमता ह्रास हुँदै गएका कारण साह्रै निराश हुन्थ्ये । यौनपिपासु, यौनसुखमा लिप्त हुन र तिब्र यौन चाहनामा सन्तुष्टि दिन नसकेकै कारण निराश भएर जंगबहादुरले अफिमको लत बसालेका थिए ।

जंगबहादुर देशका प्रधानमन्त्री थिए । उनका हरेक कदमले देशको भाग्य र भविष्य बोल्थ्यो । तर, उनले कहिल्यै देशको हितमा सोचेनन् । जंगबहादुरको यौन पिपासु र बिलासीपन राणाहरुमा सर्दै गयो । १०४ वर्षे राणा शासनमा देश कंगाल भयो । उनीहरुले देशको ढुकुटीको ९० प्रतिशत आफ्ना लागि र १० प्रतिशत मात्र देशका लागि खर्च गरे ।

उज्यालाेनेपालबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here