लामेआहालमा बस दुर्घटना हुदाँ एक जनाको मृत्यु

0
27

पोखरा । पोखरा लेखनाथ महानगरपालिका -३२ लामेआहालमा बस दुर्घटना भएको छ । बस दुर्घटनामा परी एकजनाकाे ज्यान गएकाे छ।

आइतबार बिहान पोखराबाट नारायणगढ तर्फ जाँदै गरेको ना ५ ख ३४१  नम्बरको बस दुर्घटना हुदाँ बसका सहचालक लमजुङ धमिलिकुवा निवासी सुजन गुरुङको मृत्यु भएको हो ।  बस दुर्घटना हुँदा  घाइते भएका गुरुङको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले बताए  । बस सडकबाट करिब २५  मिटर तल खसेर बस दुर्घटना ग्रस्त भएको थियो ।

दुर्घटना ग्रस्त बसमा सवार २० जना मध्ये अन्य  दश जना घाईते भएको प्रहरीले उल्लेख गरेको  छ । घाइतेहरुको  पश्चिमान्चल क्षेत्रीय अस्पालमा उपचार भइरहेको प्रहरीले जनाएको  छ ।

प्रहरीका अनुसार बस चालक फरार रहेकोले  उसको  खोजिकार्य भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here