पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन

0
75

पूर्वगृहमन्त्री खुमबहादुर खड्काको भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै उनको निधन भएको पुष्टि गरेका छन् । उनी मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए ।

मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलार्इ नयाँ दिल्ली लगिएको थियो ।

उनको स्वास्थ्य स्थितिप्रति गम्भिर भएपछि नेपाली कांग्रेसले उनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here