जंगलमा शिक्षककाे रासलिला, देख्नेले भिडियो बनाउँदा उल्टै प्रहरी फन्दामा

0
128

शिक्षक र महिलाबीचको अश्लील कार्यलाई भिडियो बनाई व्ल्याकमेलिङ गरेको आरोपमा ओखलढुंगा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।

सिद्धिचरण नगरपालिका–३ स्थित नारायणस्थान माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शंकरप्रसाद मेहता र एक युवतीले जंगलमा खुलेआम शारिरीक सम्बन्ध राखेपछि घटनालाई मजदुरहरुले मोवाइलमा कैद गर्न भ्याए । घटना सार्वजनिक गरिदिने भन्दै मजदुरहरुले शिक्षकसँग पैसा मागेको आरोप शिक्षकले लगाएका छन् ।

शिक्षकले आफूलाई धम्क्याएर एक लाख रुपैयाँ मागेको भन्दै ती युवाहरुविरुद्ध किटानी जाहेर दिएपछि प्रहरीले सातै जनालाई पक्राउ गरेको थियो । शिक्षककै मिलेमतोमा एक जना प्रहरीले उक्त डिभियो समेत डिलिट गरिदिएका छन्।

घटनामा संलग्न उदयपुर जिल्ला कटारी नगरपालिका १० बस्ने करण मगर, ज्ञानबहादुर आलेमगर, अनिल तामाङ, कमल मगर, पावल विक, ओखलढुंगाको मोलुङ गाउँपालिका ८ का राजकुमार राई र ओखलढुंगाको लिखु गाउँपालिका ५ का कृष्ण थापालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका युवकहरुलाई केही सार्वजनिक अपराध मुद्दामा कारबाही गरिने ओखलढुङगाका डिएसपी अनन्तराज शर्माले बताए । शिक्षक महतोको अश्लील कार्यको पनि छानबिन हुने उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here