च्याम्पियन्स लिगः पछिल्लो हारको बदला लिने तयारीमा युभेन्ट्स

0
40

मंगलबार राति च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा युभेन्ट्स र रियल मड्रिड आमने सामने गर्दैछन् ।

स्पेनिस लिग लालिगामा खासै गतिलो खेल प्रदर्शन नगरेको रियलको साख जोगाउन पनि रियलले च्याम्पियन्स लिगको उपाधि उचाल्नै पर्ने दबाब रहेको छ ।

यस अघि भएका खेलमा युभेन्ट्सलाई पाखा लगाएको रियलको च्याम्यिन्स लिग इतिहास अरु क्लबभन्दा धेरै नै ऐतिहासिक रहेको छ ।

रियलले युभेन्ट्सविरुद्ध हालसम्म १९ पटक आमने सामने गरेको छ । रियलले ९ पटक र युभेन्ट्सले ८ पटक जितेको छ । २ पटक भने यी टोलीले बराबरी खेल खेलेका छन् ।

प्रि क्वाटरफाइनल खेलमा पिएसजी जस्तो बलियो टिमलाई पाखा लगाउँदै क्वाटरफाइनलको यात्रा तय गरेको रियलले युभेन्ट्सलाई फेरि पनि पछार्ने फुटबल विश्लेषकहरु बताउँछन् ।

सन् २०१६ /१७ को च्याम्पियन्स लिग फाइनलमा रियलले युभेन्ट्सलाई ४-१ गोेलले पराजित गरेको थियो । लगातार दुईपटक च्याम्पियन्स लिगको उपाधि उचालेको रियलले तेस्रो पटक पनि लगातार उपाधि जित्ने दाउमा रहेको छ ।

उता युभेन्ट्स सन् २०१६ /१७ को फाइनल खेलमा भएको लज्जास्पद हारको बदला लिने तयारीमा रहेको छ । लिगमा राम्रो खेल खेले पनि युभेन्ट्सको पछिल्लो च्याम्पियन्स लिग यात्रा भने खासै गतिलो रहेको छैन ।

त्यसकारण पनि यी दुवै टोलीलाई च्याम्पियन्स लिग जित्नै पर्ने दबाब रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here