रोनाल्डोलाई रोक्न नसक्दा आफ्नै घरेलु मैदानमा युभेन्ट्सको लज्जास्पद हार

0
15

गएराति भएको च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलको पहिलो लिग चरणमा इटालियन क्लब युभेन्ट्स स्पेनिस क्लब रियल मड्रिडसँग ३-० गोलले पराजित भएको छ ।

गएको च्याम्पियन्स लिग फाइनल खेलमा भएको हार बदला लिने अपेक्षा गरिए पनि पुन युभेन्ट्स रियलसँग लज्जास्पद हार व्यहोरेको छ ।

रियलका लागि पुन नायक बने क्रिस्टियानो रोनाल्डो ।

उनले च्याम्पियन्स लिगमा इतिहास रचेका छन् । च्याम्पियन्स लिगमा लगातार १० खेलमा उनले गोल पहिलो खेलाडी बनेका छन् ।

खेलको तेस्रो मिनेटमा नै रियलले रोनाल्डोको गोल मार्फत अग्रता लिएको थियो । रियलले दोस्रो हाफ पनि उत्तिकै राम्रो खेल प्रदर्शन गरेको थियो । खेलको ६४ औ मिनेटमा एक्रोव्याट्रिक गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।

घरेलु मैदानमा लज्जास्पद खेल प्रदर्शन गरेको युभेन्ट्सका पाब्लो ड्याबलाले खेलको ६६ औ मिनेटमा रातो कार्ड खादै बाहिरिए ।

खेलको ७२ औ मिनेटमा मार्सेलोले गोल गर्दै रियलको जित सुनिश्चित गरेका छन् । पहिलो लिगमा नै तीन अवे गोल गरेको रियलले सेमिफाइनलको यात्रा तय गर्ने सम्भावना निकै बलियो भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here