इटालियन क्लब रोमा बार्सिलोनालाई हराउने दाउमा

0
93

एजेन्सी । बुधबार राति च्याम्पियन्स लिगको क्वार्टरफाइनलका दुई खेलहरु हुनेछन् । साढे १२ बजे सुरु हुने खेलहरुमा बार्सिलोना बिरुद्ध इटालियन क्लब एएस रोमा तथा दुई इंग्लिस क्ल लिभरपुल र म्यान्चेस्टर सिटी रहेका छन् ।

बार्सिलोनाको घरेलु मैदानमा हुने खेलको लागि इटालियन क्लब रोमा बार्सिलोना आइपुगिसकेको छ ।

बार्सिलोनाले रोमासँग खेल्ने १८ जना खेलाडीहरुको सूची पनि सार्वजनिक गरिसकेको छ । उक्त सूचीमा डिफेन्सिभ मिडफिल्डर सर्जियो बुस्क्वेट पनि अटाएका छन् । चेल्सीसँगको खेलमा घाइते भएका उनी सोमबारको अभ्यास खेलमा फर्किएका हुन् ।

रोमासँगको खेलको लागि प्रशिक्षक अर्नेष्टो भालभर्डे आत्मविश्वासी देखिएका छन् । उनले घरेलु मैदान क्याम्प नाउमा दोस्रो लेगको लागि ढुक्क हुने नतिजा ल्याउनेमा आशावादी देखिएका हुन् ।
उता रोमाका व्यवस्थापक यूसेबियो डी फ्रान्सेस्को पनि खेलमा राम्रो नतिजा ल्याउन लागेको भनेर आफ्नो भनाई राखेका छन् ।

बिगत

बार्सिलोना र रोमाबीच भएको अन्तिम ४ च्याम्पियन्स लिगमा बार्सिलोनाले २ खेलमा जित, १ खेलमा बराबरी तथा १ खेलमा हार व्यहोरेका छन् । सन् २००२ फ्रेब्रुअरी २० मा भएको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । त्यस्तै सोही समयको दोस्रो लेगमा रोमाले घरेलु मैदा नमा बार्सिलोनालाई ३–० गोलले हराएको थियो ।

सिजन २०१५/१६ को च्याम्पियन्स लिगमा यी दुई क्लब १–१ गोलको बराबरीमा रोकिएको थियो भने दोस्रो लेगमा बार्सिलोनाले ६–१ गोलको जित हासिल गरेको थियो ।

अन्तिम ६ खेल

बार्सिलोनाले खेलको अन्तिम ६ खेलमध्ये ४ खेलमा जित तथा २ खेलमा मात्र बाराबरी खेलेको छ । बार्सिलोनाले एथ्लेटिको मड्रिसँग १–०, इस्प्यानियोलसँग गोल रहित बराबरी, मालागासँग २–०, चेल्सीसँग ३–०, बिल्बाओसँग २–० तथा सेभियासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

त्यस्तै, रोमाले खेलको अन्तिम ६ खेलमध्ये ४ खेलमा जित १ खेलमा बराबरी तथा १ खेलमा हार व्यहोरेको हो । उसले एसी मिलानसँग २–० को हार, नापोलीसँग ४–२, टारिनोसँग ३–०, शाख्टारसँग १–०, क्रोटोनसँग २–० तथा बोलोग्नोसँग १–१ गोलको बारबरी खेलेको हो ।

त्यस्तै, आज दुई इंग्लिस क्लबहरु लिभरपुल र म्यान्चेस्टर सिटी सेमिफाइनलको लागि खेल्दैछन् । खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here