नेपाल जस्तै देश स्विजरल्याण्डले कसरी गर्‍यो विकास, हामी किन पछि पर्यौ ?

0
78

नेपाल जस्तै भूपरिवेष्ठित देश स्विजरल्याण्ड विकाशको हिसाबमा भने आकाश-जमिनको फरक छ।प्राकृतिक स्रोत-साधनलाई भरपूर उपयोग गरेर स्विजरल्याण्डले समृद्ध देशको सूचीमा आफूलाई उभ्यायाएको छ।

नेपाल भन्दा साँढे तिन गुणा सानो देश स्विजरल्याण्डमा बर्षेनी करोडौं पर्यटकहरु जाने गर्छन्। हिमाल र पहाडले भरिएको देश हो स्विजरल्याण्ड।अफ्ठ्यारो ठाउँ,पहाड-हिमालमा समेत धुँवा रहित रेल र केबलकार संजालले पर्यटकहरुलाई ति ठाउँमा पुग्न सहज बनाएको र सबै प्रकारका पर्यटकहरुको लागी भ्रमण सम्भव भएको छ।

पर्यटकहरुबाट मात्रै बर्षेनी अर्बौं रुपैंयाँ आम्दानी गर्ने गरेको स्विजरल्याण्ड अत्यन्तै  शान्त देश हो। स्विजरल्याण्डका  जनताहरु खुशी र सुखी देशको सूचीमा अग्रपंक्तिमा आउँछन्।

स्विजरल्याण्डले चामत्कारिक प्रगति गर्नुको पछाडि शासकहरुको इमान्दारीता,  भ्रष्टचार शुन्य ,प्राकृतिक स्रोत साधनको भरपूर उपयोग,शान्त र सुरक्षाको प्रत्याभूति सरकारले गराएकाले अन्तराष्ट्रिय स्तरका ठूलाठूला संघ-संस्थाहरु स्विजरल्याण्डमा छन्।

देश समृद्ध हुनको लागी कुनै एक कारण मात्र पर्याप्त हुँदैन।थुप्रै कुराहरुको मिलनले देश विकास र समृद्ध हुन्छ। जसमध्ये देशका शासक र जनता दुवै बराबर रुपमा इमान्दार हुनु जरुरी छ।

स्विजरल्याण्डका जनताले इमान्दार नेतृत्व चुन्नको लागी वुद्धि र विवेक प्रयोग गरे।उनीहरुले व्यक्तिगत हित भन्दा पनि समग्र देशको लागी सोचेर आफ्नो नेता छान्दै आइरहे र सत्तामा पुगेकाहरुले पनि नियम-कानुन पालना गरे र जनचाहना अनुरुप शासन गरे।त्यसैले त आज नेपाल जस्तैं देश स्विजरल्याण्डको विश्वमा कत्रो ठूलो शान छ।

source-panakhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here