सलमानलाई ५ वर्ष कैद सजाय, अन्य आरोपीहरुलाई भने सफाइ

0
51

कालो हरिण शिकारको आरोपमा बलिउड अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजायँ र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ । अदातलले सलमानसँगै आरोप लागेका अन्य आरोपीहरुलाई भने सफाइ दिएको छ ।

फैसलासँगै प्रहरीले सलमानलाई हिरासतमा लिएर सेन्टर जेल पुर्‍याएको छ । अदालतमा बहसको क्रममा सरकारी वकिलले सलमानलाई अधिकतम् सजायँ हुनुपर्ने भन्दै बहस गरेका थिए । यद्यपि सलमानका वकिलले भने उनलाई न्यूनतम् सजायँ दिनुपर्ने पक्षमा बहस गरेको थियो ।
जोधपुरका मुख्य न्यायिक मजिस्ट्रेट देवकुमार खत्रीले सन् १९९८ मा भएको उक्त घटनाको सम्बन्धमा २८ मार्चमा सुनुवाई सकिएपछि उक्त फैसला सुरक्षित राखेका थिए ।

अदालतमा अभिनेता सैफ अलि खान, अभिनेत्री तब्बू, सोनाली बेंद्र र नीलमलाई सफाई दिएको छ । १९९८ को १ र २ तारेखमा ‘हम साथ-साथ हैं’ को छायांकनको क्रममा सलमानमाथि जोधपुरको नजिक कां‌काणी गाउँसहित अन्य फरक फरक स्थानमा हरिणको शिकार गरेको आरोप लगाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here