जब रियल मड्रिडले बार्सिलोनालाई ११ गोल हान्दै इतिहास रच्यो

0
94

स्पेनिस क्लब रियल मड्रिडको फ्यानहरु विश्वभर रहेका छन् । यो क्लबको स्थापना सन् १९०२ मा मड्रिड फुटबल क्लबको नाममा भएको थियो । जब यो क्लब आधिकारीक रुपमा स्थापना भयो, यस क्लबले लगातार चारपटक कोपा डेल रेको उपाधि जित्न सफल भएको थियो । त्यस समय अन्य कुनै उपाधिका लागि भने प्रतिस्पर्धा हुने गरेको थिएन । सन् १९२० मा राजा एलफोन्सो १३ औले यस क्लबको नाम परिवर्तन गर्दै रियल मड्रिड राखेका थिए । एक प्रतिष्ठित फुटबल फ्यानले रियल यसको अर्थ ‘रोयल’ नाम थपेका थिए । स्पेनमा भएको गृहयुद्ध क्लब सञ्चालनमा केही समस्या खडा गरेको थियो । तर, सबै कुरा हराएर गएपनि क्लबले आफ्नो अस्तित्व जोगाएर राख्न सफल भएको थियो । यस क्लबबारे केही यस्ता रोचक तथ्यहरु रहेका छन् जसबारे धेरैलाई कमै थाहा छ ।
स्पेनिस फुटबल इतिहासमा रियल मड्रिडमात्र लगायत दुई यस्ता क्बलहरु रहेका छन् जुन हालसम्म रेलिगेशनमा परेका छैनन् । अन्य दुई क्लब बार्सिलोना र एथ्लेटिको बिलबाओ रहेका छन् । स्पेनिस लिगमा बार्सिलोना रियल मड्रिडको बलियो प्रतिद्वन्दी क्लब रहेको छ ।
रियल मड्रिड क्लबको स्थापना रोयल स्पेनिस फुटबल फेडेरेशनले गरेको हो । यो क्लब अस्तित्वमा सन् १९०९ को जनवरी ४ मा आएको थियो ।
यो क्लबको नाम ‘रियल मड्रिड’ स्पेनिस अर्थ ‘रोयल मड्रिड’ बाट आएको हो । यो क्लबको सबैभन्दा धेरै दर्शकहरु सन् २००६ मा भएको कोपा डेल रे खेलमा रहेको थियो । उक्त खेल हेर्न ८३ हजार ३२९ जना मानिसहरु आएका थिए ।
स्पेनिस लिगमा रियल मड्रिडमात्र यस्तो क्लब हो जसले लगातार पाँचपटक लिग उपाधि जित्न सफल भएको छ । यस क्लबले दुईवटा समयमा यस्तो रेकर्ड राख्न सफल भएको छ । पहिलो पटक लगातार सन् १९६१ देखि १९६५ सम्म लिग उपाधि जितेको थियो भने दोस्रो पटक १९८६ देखि १९९० मा लिग उपाधि जित्न सफल भएको थियो ।
रियल मड्रिड क्लबले धेरै पटक लिग उपाधि, च्याम्पियन्स लिग, कोपा डेल रे जितेको छ । तर एकैपटक तीन उपाधि भने जित्न सकेको छैन ।
हामीलाई थाहा छ रियल मड्रिड क्लब विश्वकै एक बलियो क्लब हो । तर, धेरैलाई थाहा नहुन सक्छ रियल मड्रिडले सन् १९६१ देखि १९८० को समयको अवधिमा २० वटा लालिगा टाइटलमा १४ वटा उपाधि जितेको थियो । त्यस्तै सन् १९६१ देखि सन् १९९० सम्ममा ३० लिग टाइटलमा १९ लालागिका उपाधि जित्न सफल भएको थियो ।
सायद धेरैलाई थाहा नहुनसक्छ रियल मड्रिड क्लबलाई फिफाले ‘२० औ शताब्दीको सबैभन्दा सफल क्लब’ भन्दै भोटिङ गरेको थियो ।
पुर्व इंग्ल्याण्ड कप्तान र व्रिटिश फुटबल लिजेण्ड डेबिड बेकह्यामले चारवर्ष रियल मड्रिडमा बिताएका थिए । उनले यस अवधिमा दुई उपाधि जित्न सफल भए । उनले पहिलो उपाधि स्पेनिस सुपरकोपा र अन्त्यमा लालिगा उपाधि जित्न सफल भएका थिए ।
जुएन मोनजारडिन रियल मड्रिडका पहिलो स्पेनिस अन्तराष्ट्रिय खेलाडी हुन् । उनले आफ्नो अन्तराष्ट्रिय खेल पोर्चुगलविरुद्ध सन् १९२२ मा डिसेम्बर १७ मा खेलेका थिए ।
मड्रिडले सन् १९३२ मा पहिलो लालिगा उपाधि अपराजित यात्रा कायम राख्दै जितेको थियो । उक्त सिजन रियलले १० खेल जितेको थियो भने ८ खेल बराबरी खेलेको थियो । उक्त सिजन एथ्लेटिको बिलबाओले रियल मड्रिडलाई कडा प्रतिस्पर्धा दिएको थियो । तीन अंकको फरकले रियलले उपाधि जितेको थियो ।
हार्वड विश्वविद्यालयले गरेको एक अध्ययनले रियल मड्रिड क्लब विश्वकै सबैभन्दा चर्चीत क्लब रहेको बताएको थियो । उक्त अध्ययनले रियल मड्रिडको २२८ मिलियन फ्यानहरु रहेको देखाएको थियो ।
रियल मड्रिड क्लब विश्वकै सबैभन्दा धनी क्लबको सुचीमा दोस्रो स्थानमा रहेको छ । सन् १९२९ मा भएको स्पेनिस लिगको खेलबारे आज पनि चर्चा हुन्छ । यस सिजन पश्चात रियल मड्रिडलाई अभागि टोलीको उपनाम पनि दिइएको थियो । सानदार खेल प्रदर्शन गरेको रियल मड्रिड फाइनल डे मा भने चुक्यो । एथ्लेटिको बिलबाओसँग पराजित भएपछि उक्त सिजनको उपाधि भने बार्सिलोनाले जित्न सफल भएको थियो ।
रियल मड्रिड र बार्सिलोनाबीच अविश्मरणिय खेल सन् १९४३ मा भएको थियो । पहिलो लिग चरणको खेलमा रियल मड्रिड बार्सिलोनासँग ३–० गोलले पराजित भएको थियो । तर, दोस्रो लिग चरणको खेलमा भने रियल मड्रिडसँग बार्सिलोना ११–१ गोलको अन्तरले पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here