बार्यन म्युनिखले लगातार छैटौँपटक पनि जित्यो बुण्डेस लिगा

0
69

बुण्डेस लिगामा बार्यनलाई यस सिजन पनि कुनै टोलीले रोक्न सकेन । लगातार छैटौं पटक जर्मन फुटबल लिग बुन्डेस लिगाको उपाधि जित्न बार्यन म्युनिख सफल भएको छ ।

शनिबार भएको खेलमा बार्यनले अग्सवर्गलाई ४–१ गोले हराउँदै उपाधि हात पारेको हो । लिगका ५ खेल खेल्न अझै बाँकी रहेको छ । पछिल्ला १२ सिजनमध्ये बार्यन म्युनिखले ११ पटक उपाधि उचालेको होे।

लिगको अंकतालिकामा बार्यनले २९ खेलबाट ७२ अंक जोडेको छ भने दोस्रो स्थानको साल्केको ५२ अंक छ । २० अंकको दुरीले पनि बुण्डेस लिगामा बार्यनको प्रतिस्पर्धी निकै कमजोर रहेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here