कास्की प्रहरीको स्वीप अप्रेशन, ५ मोटर साइकल सहित ४६ ब्यक्ति पक्राउ

0
141

शनिबार राति कास्की प्रहरीले पोखराका विभिन्न ठाउँममा चेक जाँचका क्रममा  चोरी निकासी गर्न लागेका ९ गोलीया काठ, ५ थान मोटर साईकल सहित ४६ जनालाई पक्राउ गरेको छ ।

अपराध नियन्त्रण तथा रोकथाम प्रमुख प्राथमिकता, अबैध लागू औषध कारोबार रोकथाम नियन्त्रण एवं आक्रमक कार्वाही तथा गुण्डागर्दी नियन्त्रणमा शुन्य सहनशिलता र चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रणमा अन्तरगत अभियान चलाएको हो ।

सोही स्वीप अप्रेशनको क्रममा खटिएको प्रहरी टोलीले पोखरा १७ डयामसाइडमा भोजेन्द्र तामाङले संचालन गरेको फ्लोरिडा गेष्ट हाउसमा जुवातास खेलिरहेको अबस्थामा ४ बुक तास र नगद सहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ५२ हजार सहित नियन्त्रणमा लिई हो । उनीहरुलाई थप अनुसन्धान भई रहेको जनाएको छ ।

पक्राउ पर्नेमा
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ डयामसाइड बस्ने वर्ष ४० को भोगेन्द्र तामाङ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ डयामसाइड बस्ने वर्ष ४३ को नरेश गुरुङ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ डयामसाइड बस्ने वर्ष ४३ को राज कुमार गुरुङ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ घारीपाटन बस्ने वर्ष २९ को राज कुमार श्रेष्ठ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ हिमालीटोल बस्ने वर्ष ३८ को दिपक गुरुङ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ घारीपाटन बस्ने वर्ष ३१ को सुन्दर गुरुङ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ डयामसाइड बस्ने वर्ष ३९ को अजय गौचन ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका ०६ वैदाम बस्ने वर्ष ४० को दिपक भट्टचन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here