प्रदेश ४ लार्इ ‘टुरिष्ट हब’ बनाउनुपर्छ : मन्त्री बस्नेत

0
67

गोरखा । प्रदेश ४ पर्यटकीय हिसाबले देशकै पहिलो स्थानमा पर्ने भएकाले यस क्षेत्रलाई ‘टुरिष्ट हब’ बनाउनु पर्ने भौतिक योजना तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले बताएका छन् ।

हिमालदेखि पहाडसम्म फैलिएको यस प्रदेशलाई देशकै नमुना पर्यटकिय गन्तब्य बनाउने गरि कार्ययोजना बनेको उनले बताएका छन् । धुलो खान विदेशी नेपाल नआउने भन्दै मन्त्री बस्नेतले प्रदेशभरीका हरेक स्थानमा यातायात पुर्‍याउने गरि संरचना बनाउनुपर्ने बताए ।

‘नेपालमा धुलो खानकै लागि विदेशी आउँदैनन, त्यसका लागि सबैभन्दा पहिला सबै ठाँउमा पुग्नेगरी पक्कि सडक बनाउनुप¥यो, अनि अरु सुविधा दिन सक्नुप¥यो अनि मात्रै हामीले सोचे अनुसार पर्यटक भित्राउन सक्छौ’, मन्त्री बस्नेतले भने ।

विभिन्न जिल्लामा बर्षौ बर्षसम्म पनि कच्चि सडकहरु कालोपत्रे नहुदा जनताले सास्ती भोग्नु परेको भन्दै उनले सडक लगायतको भौतिक संरचना बलियो नबन्दा सम्म कुनै क्षेत्रमा पनि विकास र परिवर्तन नहुने बताएका छन् ।

‘बर्षौदेखि हाम्रा सडकहरुको अवस्था उस्तै छ, अब हामी भौतिक संरचना निर्माणमा लाग्नुपर्ने हुन्छ, जबसम्म संरचना बन्दैनन तबसम्म विकास हुनै सक्दैन’, मन्त्री बस्नेतले भने ।

गाँउमा दिनप्रतिदिन उत्पादन घट्दै गइरहेको भन्दै मन्त्री बस्नेतले आगामी दिनमा उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । शहरबाट मात्रै खाद्धान्न आयात बढिरहेकाले अब गाँउले शहरलाई पाल्नुपर्ने उनको भनाई छ ।

‘आज हामी धेरै अल्छि भएका छौ, हामीले उत्पादन गर्नै छोड्यौ, सबै किनेर खाने बानी लागेका छौ, अब त्यसरी हुदैन अब कृषिलाई व्यावसायीक बनाउनुपर्छ, गाँउले शहरलाई पाल्न सक्नुपर्छ अनि मात्रै समृद्धि आउँछ’, मन्त्री बस्नेतले भने ।

गोरखाको आरुघाट गाँउपालिका वडा नम्बर ४ आरखेतमा आयोजित छैटौ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्दै उनले खेल क्षेत्रको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । आगामी असार १ गते प्रस्तुत हुने बजेटमा खेलकुद क्षेत्रको विकासका लागि प्रयाप्त बजेट विनियोजन गर्न पहल गर्ने उनको भनाई छ ।

खेलकुद क्षेत्रको विकासमा राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता महत्वपुर्ण बन्ने बिश्वास ब्यक्त गर्दै उनले प्रदेशका बिभिन्न स्थानमा खेलकुद मैदान निर्माण गर्नुपर्ने बताएका छन् । अहिले खेल क्षेत्रमा आकर्षण बढेको भन्दै हरेक विद्यालयमा खेलकुदका क्रियाकलालाई सहयोग पुग्ने खालका पुर्वाधार निर्माणमा सहयोग गर्ने प्रदेश सरकारले योजना बनाएको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here