‘बार्सिलोनाविरुद्ध रोमाले कमव्याक गर्छ’

0
60

मंगलबार राति हुने च्याम्पियन्स लिगको दोस्रो चरणका खेलहरु हुँदैछन् ।

पहिलो चरणमा ४-१ गोलले बार्सिलोनाले रोमालाई पराजित गरेको थियो ।

रोमाको घरेलु मैदानमा हुने खेलमा बार्सिलोनाले बलियो टोली नै उतार्ने बार्सिलोनाका प्रशिक्षकले बताएका छन् ।

रोमाका प्रशिक्षकले भने बार्सिलोनाले जित्नुमा रेफ्री प्रमुख कारण भएको बताएपछि यसको चौतर्फी चर्चा चलेको थियो ।

अब रोमा कै मैदानमा रोमाले कस्तो खेल प्रदर्शन गर्ने हो त्यो भने सबैको चासोको विषय बनेको छ ।

एक अवे गोलको एडभान्टेज रहेको कारण पनि रोमाको आश जिवितै रहेको रोमाका प्रशिक्षकले बताएका छन् ।

उनले भनेका छन्,’ बार्सिलोना बलियो टोली हो । तर, रोमाले सानदार कमव्याक गर्ने सम्भावना पनि उत्तिकै रहेको छ ।’

गोलान्तरले पनि बार्सिलोना अर्को चरणमा पुग्ने सम्भावना बलियो रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here