लज्जास्पद हार व्यहोर्दै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

0
64

पहिलोे लिग खेलमा घरेलु मैदानमा बनाएको ४–१ गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ । रोमाको घरेलु मैदानमा भएको खेलमा रोमाले सानदार कमव्याक गर्दै तीन गोल फर्काउन सफल भएको हाे ।

दोस्रो लेगमा खराब प्रदर्शन गरेपछि रोमासँग समग्र ४-४ गोलको बराबरी खेल बार्सिलोनाले खेलेको थियो । अवे गोलका आधारमा बार्सिलोना पराजित भएको हो ।

खेलको पहिलो मिनेटदेखि नै रोमाले दबाब सिर्जना गरेको थियो ।

खेलको छैटौं मिनेटमा इडेन जेकोले गोल गरे । त्यस्तै ५८ औं मिनेटमा डी रोसीले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको ८२ औं मिनेटमा मानोलासले कर्नर बलमा गोल गर्दै खेल ३–० गोलले पराजित गरेको हो ।

रोमाले यसअघि १९८३–८४ को सिजनमा मात्रै च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here